१२ बैशाख २०८१, बुधबार
Tags

कटहरीमा लैङ्गकि हिंसा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

रणभूमी डेस्क आइतबार, आषाढ २६, २०७९

विराटनगर / दिन प्रतिदिन बढिरहेको लैंगिक हिंसालाई न्यूनीकरण गर्ने उदेशले समाज कल्याण युवा क्लबले शनिवार एक दिने कानुनी सचेतना कार्यक्रम गरेको छ।

समाज कल्याण युवा क्लबको आयोजना र ओकिल पढने विद्यार्थी हरुको संस्था लुक्ला नेपालको सहयोगमा लैंगिक हिंसा शिर्षकमा एक दिने कानुनी संचेतना सम्बन्धि कार्यक्रम गरेको हो।

कार्यक्रममा लैंगिक हिंसा कस्तो किसिमको हिंसा हो, लैंगिक हिंसामा परेकाहरु न्याय खोजन कहाँ जाने र यसको कानुनी ब्यवस्था के रहेको छ भन्ने बिषयमा सहभागीहरुलाई जनचेतना दिएको थियो।

सोही कार्यक्रममा कटहरी गाउँ पालिकाका अध्यक्ष देबराज चौधरीले समाजमा अहिले पनि विभेद कायमै रहेकोले यसलाई न्यूनीकरण गर्न सबैले कानुनी जानुपर्ने आवशक रहेको बताउनु भयो। उँहाले लैंगिक हिंसा लगायका हिंसालाई न्यूनीकरण गर्न हरेक ब्यक्तिले संविधानमा रहेको ऐन कानुन र अधिकार जानू पर्ने साथै यसको पालना समेत गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो। समाजमा येस्ता घटना दिन्हु घटी
रहेकोले यस्तो सचेतनामुलक कार्यक्रम हरेक टोल टोलमा हुनु पर्ने बताउनु भयो।

ब्राईट भिजन ल कलेजमा अध्यनरत बिद्यार्थीद्धारा संचालित लुक्ला नेपाल संस्थाका पुर्व अध्यक्ष शिब कुमार यादव लगायत अन्य पदाधिकारीहरुले लैङ्गकि हिंसा सम्बन्धी कानुनी जनचेतना गराएका थिए ।

कार्यक्रममा बिशिष्ठ अतिथि समाजसेवी गोकुल भट्टराई, अथितीमा लुक्ला नेपाल संस्थाका अध्यक्ष बिन्दानन्द नुन्दी, स्वयमसेविका शारदा दाहाल, आयोजक संस्थाका पुर्वसचिव ममता यादव, जागृती महिला समाज बिराटनगर १४ का अध्यक्ष ममता यादव, राजु पैदार, नेपाल प्रहरी सहित ८० जना भन्दा बढी स्थानियहरुका सहभागिता रहेका थिए ।

कार्यक्रमको संचाल लुक्ला नेपालका सह सचिव अनु श्री राउतले गरेको थियो।
कार्यक्रम समाज कल्याण युवा क्लबका अध्यक्ष दिपक यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित