१४ बैशाख २०८१, शुक्रबार
Tags

आर्थिक संकटबाट गुज्रिरहेका श्रीलङ्कालाई गुप्ताको तर्फ बाट ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा

सरकारसँगै नेपाली जनताले पनि सहयोग गर्ने वातावरण बनाउन नेपाल सरकार सँग अनुरोध

रणभूमी डेस्क मंगलबार, आषाढ २८, २०७९

विराटनगर / दिन दुःखीको सेवामा सदैव समर्पित विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान सुरु गरेका हुन् ।पछिल्लो समय श्रीलंका आर्थिकसँगै राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै सहयोगको अभियान थालिएको गुप्ताले बताए ।

उनले श्रीलंकाका जनतालाई मानवीयताका नाताले नेपाल सरकारलेनै सहयोग अभियान थाल्नुपर्ने बताए । ‘म नेपाल सरकारलाई तत्कालै एउटा राष्ट्रिय बैंक अकाउन्ट खोल्न आग्रह गर्दछु, जसमा नेपाल सरकारसँगै नेपाली जनताले पनि सहयोग गर्न सकून् ।’ उनले भने,‘म व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ सहयोग गर्नेछु ।’

अहिले आर्थिक संकट भोगिरहेको भएपनि भविष्यमा फेरि सुखी र समृद्ध श्रीलंका बन्ने विश्वास व्यक्त गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित