१५ बैशाख २०८१, शनिबार
Tags

नेपाल भारत सीमामा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती

रणभूमी डेस्क मंगलबार, साउन ०३, २०७९

नेपाल–भारत सीमामा सुरक्षालाई ध्यानमा राख्दै दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन् ।

नेपाल–भारत सीमा सुरक्षाका लागि दुवै देशका सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् । मंगलबार जोगबनी एसएसबी र नेपाल एपीएफको टोली ले सीमा स्तम्भ नम्बर १७९ चाणक्यचोकदेखि १८०/२ टिकुलियासम्म पैदल गस्ती गरेको थियो । यससँगै दुवै देशका सीमा सुरक्षा का अधिकारीबीच आपसी वार्ताबाट सीमाका विभिन्न विषयमा छलफल भएको छ । जोगबनीको सिमाना नेपालसँग जोडिएको हुनाले । खुला सिमानाका कारण सुरक्षामा कडा निगरानी राखिएको छ । यी क्षेत्रमा एसएसबी र नेपालको भागमा एपीएफ तैनाथ गरिएको छ । सिमानाका वरपरका क्षेत्रहरूमा जवानहरूले नजर राख्छन्। कच्ची सडकका कारण पनि तस्करीका घटना हुने सम्भावना रहेको जोगबनी एसएसबी क्याम्पका इन्चार्ज जितेन्द्रसिंह चौहानले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन र तस्करीलगायतका गतिविधिलाई नियन्त्रण गर्न संयुक्त गस्ती भइरहेको जानकारी दिए । सो अवसरमा एसएसबी र नेपाल एपीएफका जवान हरु को उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्