०८ बैशाख २०८१, शनिबार
Tags

नेपाल-भारत सीमा रानी भन्सार नाकामा अनिवार्य मास्क लगाउन अभियान संचालन

रणभूमी डेस्क मंगलबार, साउन ०३, २०७९

विराटनगर / कोरोना महामारी कोबिड १९ संक्रमण बाट संक्रमितहरु पुण: देखा परिरहेको कुरालाई मध्यनजर गर्दै नेपाल भारत सीमा रानी – जोगबनीमा नाकामा मंगलवार मास्क सचेतना अभियान सँग सँगै मास्क वितरण कार्यकरम गरेका छन् ।

रानी हेल्थ डेस्कको सँग सहकार्य गरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीले स्थानिय नेता तथा समाजसेवी सँग सहकार्य गर्दै विराटनगर – १५ स्थित रानी भन्सार नाकामा मास्क वितरण तथा सचेतना कार्यक्रम गरेको छ ।

असार २५ गते देखि कोविड- १९ भाईरस कोरोना पोजेटिभ आउने क्रम बढेको हुनाले भारतमा आवादी बढी भएको र धेरै किसिमको लाखौं मानिस भारत बाट नेपाल आउने भएको हुनाले महामारीको थप जोखिम बाट समयमै सतर्कता अपनाउन मंगलवार मास्क सचेतना कार्यक्रम अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल बिओपी रानी प्रमुख भूपेन्द्र काजी निरौलाले रनभुमीलाई बताए ।

मास्क वितरण तथा सचेतना कार्यक्रममा रानी हेल्थ डेस्क इन्चार्ज सुरेन्द्र यादव, स्थानिय नेता तथा समाज सेवी नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्ष राजेश कुमार गुप्ता र स्थानिय समाज सेवी तथा औषधी व्यवसायी शंकर साह र कमलेश कुमार गुप्ताले मिलेर करिब ५ हजार थान मास्क निशुल्क रुपमा वितरण गरेर अभियान संचालन गरेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र काजी निरौलाले सीमाको सुरक्षा मात्र नभई सीमावर्ती एरिया बाट कुनै किसिमको रोग आदि बाट हुने जोखिमलाई पनि कडाईका साथ सतर्कता अपनाउन आफ्ना मातहतका सशस्त्र प्रहरीलाई कडाई गर्न निर्देशन दिएको बताए । अब भारत बाट जोगबनी नाका भएर नेपाल प्रवेश गर्न वा भारत जान जोकोहीलाई पनि मास्क अनिवार्य भन्ने संदेश समेत दिएका छन् ।

त्यसै गरी स्थानीय नेपाली कांग्रेस प्रदेश नं १ कोषाध्यक्ष नेता राजेश कुमार गुप्ताले भने समाजै सुरक्षित नभए कसरी राष्ट्रको लागि प्रतिनिधित्व गर्ने भनेर महामारी सुरु भए देखिनै यस्ता मास्क सेनेटाईजर वितरण तथा सतर्कताको लागि जनामानसमा सचेतना, आग्रह तथा पहल गर्न अग्रसर रहेकाे बताए ।

रानी हेल्थ डेस्क इन्चार्ज सुरेन्द्र यादव भन्छन् नागरिकको स्वास्थ पहिलो प्राथमिकता हो । अहिले पुनः बढ्दै गरेको महामारीको प्रकृति हेरेर समयमै सचेतना अपनाउन आवश्यक छ । त्यसैले आम नागरिकले बिर्सी सकेको मास्क लाई नबिर्सी आफनो तथा आफ्नो परिवारको सुरक्षाको निम्ति सदैव सचेत रहनु पर्छ ।

यहाँ कमेन्ट गर्नुहोस्