१४ बैशाख २०८१, शुक्रबार
Tags

रानी नाकाबाट शरीरमा सेट गरी ल्याएको लागुऔषध सहित पक्राउ

रणभूमी डेस्क बिहिबार, साउन ०५, २०७९

विराटनगर / भारत बाट शरीर भारी लागुऔषध टिटी सेट गरी नेपाल आउँदै गर्दा स्थानीयको सहयोगमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ।

बुधवार साँझ ६ बजेको समयमा भारतको जोगबनी टिकुलिया वस्ती बास्ती बाट धनकुटा पाख्रीबास नगरपालिका ३ बस्ने वर्ष २१ को विशाल लिम्बूले शरीरमा सेट गरी हुलास मेटल चौकको बाटो भएर नेपाल तर्फ आउदै गर्दा उनलाई सशस्त्र प्रहरी तथा इलाका प्रहरी कार्यायका रानीको टोलीले स्थानीयको सहयोगमा लखेटेर पक्राउ गर्न सफल भएको थियो ।

लिम्बूको साथ बाट फेला परेको लागुऔषध टिटीहरुमा एभिल १५, डाईजीपाम १५, फेनारगण १५, लुपिजेसिक १५ थान गरी जम्मा ६० थान र नाईट्रोभेट टेन चक्की ९ थान बरामद भएको थियो ।

लिम्बू केही दिन अगाडि मात्र लागुऔषधकै सिलसिलामा प्रहरी हिरासत बाट छुटेको पटके लागुऔषध कारोवारी भएको प्रहरीहरु बताउँछन् ।

त्यसै गरी असार ३२ गते शनिवार इलाका प्रहरी कार्यालय रानी सीमा बाट प्रनानि देव पुकार यादवको टोलीले सोही ठाउँ बाट एक जना विराटनगर ६ बस्ने वर्ष १८ को विकाश साहलाई शरीरमै सेट गरी नेपाल ल्याउँदै गरेकाे विभिन्न किसिमको ९३ थान लागुऔषध टिटी सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको थियो । साहले पनि शरीरको विभिन्न भागमा पानीटेपले बरी लागुऔषध नेपाल ल्याइरहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्