११ बैशाख २०८१, मंगलबार
Tags

अति विपन्नको लागि आएको कोरोना फाउन्डेसनको रकमको लागि विरोध

रणभूमी डेस्क सोमबार, साउन ०९, २०७९

विराटनगर / कोरोना फाउन्डेसन द्वारा अति विपन्न परिवार मध्ये एक वा विपन्न परिवार बाट संक्रमित भएको व्यक्ति वा कोरोना बाट प्रभावित भएका मानिसहरूको लागि राहत स्वरुप प्रदान गर्ने भनिएको रकम सम्पूर्ण वडा बासीले पाउनु पर्ने भन्दै आईतवार मोरङ्गको जहदा गाउँ पालिका वडा नं १ मा स्थानियवासीहरुले विरोध गरेका छन् ।

२०७८ सालको मंसिर महिनामै आएको कोरोना फाउन्डेसनको रकम हामीले पनि पाउनुपर्छ भनी वडा कार्यालय भित्रै करिब ५०/६० जनाको हाराहारीमा महिला तथा पुरुषहरूले वडा अध्यक्षको विरोध गरेका हुन् ।

जहदा गाउँ पालिका वडा नं १ को वडा अध्यक्ष बाबुराम राजवंशीले कोरोना फाउन्डेसन बाट विपन्न परिवारलाई वितरणको निम्ति आएको रकम विपन्न परिवारका व्यक्तिहरूलाई नदिई आफ्ना नजिकको व्यक्तिहरूलाई वितरण गरेकाे भनी स्थानियहरुले आरोप लगाए ।

सो वडाका वडा अध्यक्ष बाबुराम राजवंशी बताउँछन् आफू कार्यालयमा नयाँ व्यक्तिहो धेरै कुरा बुझ्न बाँकी छ, करिब ८ महिना अगाडी घोषणा गरिएको फाउन्डेशनकाे रकम सरकारको निर्देशिका बमोजिम जहदा १ मा जम्मा ११० जना अति विपन्न तथा कोरोना प्रभावित मानिसले पाउनुपर्ने कोरोना फाउन्डेसनको रकम पाउनुपर्ने व्यक्तिहरूका लागि फम खुला गरियो, धेरै मानिसले फम पनि भरे । नियम अनुसार प्रक्रिया पूरा गरी भरेका फर्महरु सिफारिस गरी गाउँ पालिका पठाउछौ गाउँ पालिकाले सम्पूर्ण कागज पत्र तथा प्रक्रिया जाँच गरेर त्यस बाट कसलाई दिने कसलाई नदिने भन्ने कुराको निर्णय हुन्छ । जुन कार्यको लागि कार्यालयमा सचिव र अधिकृतहरु खटाईएको हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित