१५ चैत्र २०८०, बिहिबार
Tags

रानीमाई पोखरीमा उत्साह जनक वृक्षारोपण तथा सम्मान कार्यक्रम

रणभूमी डेस्क शनिबार, साउन १४, २०७९

विराटनगर / एजुकेशन मेसेज मिडिया प्रालिको आयोजनामा विराटनगर -१४ स्थित एतिहासीक रानीमाई पोखरीमा शनिवार वृक्षारोपण कार्यक्रम गरिएको छ ।

अन्तराष्ट्रिय मित्रता दिवस तथा एजुकेशन मेसेज मिडिया प्रालिले एक वर्ष पूरा गरी दोश्रो वर्षमा प्रवेश गरेको उपलक्षयमा पर्यावरण रक्षाको लागि वृक्षारोपण भन्ने नाराका साथ जनकपुर वन प्राविधिक समाजको सहयोगमा एजुकेशन मेसेज मिडिया प्रालि र नेपाल भारत सामाजीक सांकृतिक मञ्च तथा नेपाल भारत रेलयात्रु सहजीकरण समितिले संयुक्त रुपमा विराटनगर १४ मा रहेको एतिहासीक रानिमाई पोखरीको प्राङ्गणमा आयोजना गरेको वृक्षारोपण कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो ।

मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयको सचिव विशाल घिमिरेको प्रमुख आतिथ्यमा सुरु भएको वृक्षारोपण तथा सम्मान कार्यक्रममा जनकपुरका डि.एफ.ओ. शुरेस शर्मा, मोरङ्ग डि.एफ.ओ. अनिरुद्र साह, दूधमती नदी जनकपुर स्वक्षता अभियानका अभियन्ता सुदिप मण्डल लगाएत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रमको लागि जिल्ला वन कार्यालय धनुषा र विराटनगरले बर, पिपल, चन्दन, रक्तचन्दन, रुद्राक्ष, निम, चाप, पलास, शनि, श्रीखण्ड, लगाएत को बिरुवाहरु १०० थान बिरुवाहरू उपलब्ध गराउनुभएको थियो ।

पोखरीमा विहानको समयमा सुरु गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी प्रमुख सप्रनी भूपेन्द्र काजी निरौला सहितको एक टोलीले वृक्षारोण कार्यको लागि माटो खनेर वृक्षारोपणको लागि सहज बनाएका थिए । त्यसै गरी ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक महेन्द्र दर्नाल र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक मोहन पोख्रेल सहितको टोलीले वृक्षारोपण सफल बनाउन सहभागिता जनाउनुभएको थियो ।

वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेस १ नं प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, विराटनगर-१४ का वडा अध्यक्ष सूर्यनारायण महतो, रानीमाई पोखरीको संरक्षक हरी ठाकुर, नेपाल भारत रेल यात्रु सहजीकरण समितिकाे अध्यक्ष राजेश कुमार शर्मा, उपाध्यक्ष दिलीप शर्मा, सचिव विकाश कुमार मण्डल, किरण राय अमात्य, सुष्मिता ठाकुर, महेश साह स्वर्नाकर लगाएत ५० जना बाढीको उत्साहजनक सहभागिता रहेको थियो ।

पर्यावरण जोगाउन वृक्षारोपणको महत्वको विषयमा बुझाउँदै जनकपुर वन प्राविधिक समाज तथा धनुषा जिल्ला डि.एफ.ओ सुरेश शर्माले कार्यक्रम सुरु गर्नुभएको थियो । त्यही नेपाली कांग्रेस प्रदेश नं १ कोषाध्यक्ष राजेश गुप्ताले बृक्षारोपण गर्नु भन्दा पनि रोपिएको अमुल्य विरुवाहरू संरक्षण गरी विशाल रुख बनाउने हुने हर किसिमको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

एजुकेशन मेसेज मिडिया प्रालि र नेपाल भारत सामाजीक सांकृतिक मञ्चले समाजमा योगदान पुर्याउने बाढी पीडित भएको बेला वा कोविड- १९ महामारीको बेला वा कोही विपन्न परिवारको व्यक्तिको निधन हुँदा निश्वार्थ रुपमा कफन दफनको व्यवस्था मिलाउने विराट समाजलाई सम्मान गर्नु भएको थियो । त्यसैगरी स्वेच्छाले आफ्नो स्तरले भ्याए सम्म दिन दुःखीको सेवामा सदा समर्पित ओम शान्ति ज्वेलर्स सञ्चाल तथा नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष महेश कुमार साह स्वर्नाकार र वहाको पत्नी पिंकी स्वर्नाकारलाई सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । साथै विश्व मित्रता दिवसको उपल्क्षयमा भारतको अररिया जिल्ला फारविशगन्जमा वेवारिसे शव व्यव्थापन गर्ने समुह समवेदनालाई समेत सम्पूर्ण अतिथिहरुको हाथ बाट सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्