१५ बैशाख २०८१, शनिबार
Tags

रतको समयमा लागुऔषध सहित एक पक्राउ

Ranbhumi मंगलबार, बैशाख २८, २०७८

बिराटनगर / नेपाल भारत सिमामा कडाई भएपछी नेपालमा अत्याधिक डिमाण्डमा रहेको लागुऔषध रातको समयमा एक युवाको साथ बाट खुट्टामा टेपले बाधी नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सिमामा कडाई संगसंगै दुई देश बिच आवत जावत पुर्ण रुपमा बन्द रहेको हुनाले राती ८ बजेको समयमा अन्ध्यारोको सदुपयोग गर्दै लागु औषध ओसार्ने बिराटनगर १३ बस्ने वर्ष २८ बिर नारायण यादवलाई लागु औषध नियंत्रण ब्युरो को सहयोगमा बिराटनगर १६ मै पर्ने गणपति कटन मिलको बाटो भएर उम्किन खोज्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैयाको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । यसरी पक्राउ गरेको यादव को साथ बाट खुट्टामा टेपले बाधीएको अवस्थामा बरामद भएको लागुऔषध डाईलेक्स डिसी १० सिसी, नाईट्रोभेट ट्याब्लेट ६० थान र स्पास्मो प्रोक्सिभन प्लस क्याप्सुल ४८ थान रहेको सशस्त्र प्रहरीले बताएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्