०८ बैशाख २०८१, शनिबार
Tags

ग्रीन टायार उद्योग प्रालिद्वारा उत्पादित गुणस्तरीय शेर्पा ब्राण्डको एग्रीकल्चर टायरहरु बजारमा

रणभूमी डेस्क बिहिबार, साउन २६, २०७९

विराटनगर / ग्रीन टायार उद्योग प्रालिले शेर्पा ब्राण्डको एग्रीकल्चर सेगमेन्ट अन्तरगत ट्याक्टर तथा हाते ट्याक्टरका लागि भुमि , सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन कार्य सुरु गरेको छ ।

विहीवार दिउँसो मोरङ्ग व्यापार संघको सभाहलमा एक कार्यक्रम आयोजना गरी ग्रीन टायार उद्योग प्रालिले उत्पादन सुरु गरेको शेर्पा ब्राण्डको टायरहरु सार्वजनिक गर्दै त्यसको विशेषताको वारेमा बताएका छन् ।

कार्यक्रम मोरङ्ग व्यापार संघका अध्यक्ष नवीन रिजालले उद्घाटन गर्दै देश आर्थिक संकट बाट गुज्रिरहेको बेला ग्रीन टायार उद्योग प्रालिले स्वदेशमै गुणस्तरीय टायर उत्पादन भई किसान समक्ष पुग्दा ‘मेरो देश मेरै उत्पादन’ स्लोगन ले सार्थकता पाएको भन्दै हर्ष व्यक्त गरेका थिए ।

निजि लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं. २०७३ सालमा स्थापित यस ग्रिन टायर उद्योग प्रालिले विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिरर्तामा योगदान पुयाउँदै आईरहेको छ । साथै , ‘मेरो देश मेरै उत्पादन’ अभियानलाई यस उद्योगले पूर्ण रुपले आत्मसात गर्दै आएको छ भने उक्त अभियानले यस उद्योगको उद्देश्यलाई अझ बढि प्रष्ट्याउनुका साथै आफ्नो उद्देश्य प्राप्तिमा थप बल पुयाएको ग्रीन टायर उद्योग प्रालिको प्रबन्ध निर्देशक विनीत सिंघानियाले बताए ।

उक्त उद्योगले स्थापनाकालमा टु ह्यविलर टायर बाट उत्पादन सुरु गरेको र हाल टू र थ्री ह्यविलर टायरहरुको उत्पादन गर्दै आएको निर्देशक सिंघानियाले बताए ।

४० करोड लगानीमा मोरङ्गको कटहरी -४ मा स्थापित यस उद्योगको बार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको छ । यसले १०० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ । कम्पनीले विगत देखि डेल्टा ब्राण्ड अर्न्तगत सबै खाले टू र थ्री ह्यविलर टायरहरु उत्पादन गर्दै आएको छ भने मेरो देश मेरै उत्पादन नाराका साथ अगाडी बढेको यस कम्पनीले छोटो समयमा नै ग्राहकहरु प्रति विश्वास जमाउन सफल भएको जानकारी गराए । उनले भने “अहिलेको नयाँ पुस्तामा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्छ भन्ने सोचले गर्दा ग्रीन टायर उद्योगका उत्पादनहरु पनि सबैको रोजाईमा पर्न सफल भएकोले हामी हार्षित छौं ।, यसै सन्दर्भमा हाल हाम्रो उद्योगले ग्राहकहरुको मागलाई ध्यानमा राखी आफ्नो नयाँ उत्पादन शेर्पा ब्राण्डको एग्रीकल्चर टायरहरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको जानकारी गराउँदछौं ।”

उद्योगले आफ्नो एग्रीकल्चर सेगमेन्ट अन्तरगत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भुमि , सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्न लागेको बताए । उक्त मोडलहरु अन्तरगत यस कम्पनीले १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६ र ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको हो ।

यस कम्पनीका उत्पादित टायरहरुमा बढ़ि ट्रेक्सन र ग्रीप रहेको छ साथै बढि एनएसडि पनि रहेको तथा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको ग्रीन टायरको उत्पादनहरूको विशेषता रहेको छ । नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरहरुसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरुको उत्पादन गरी यस कम्पनीले उदाहरणीय कार्य गरेको बुझ्न सकिन्छ । कम्पनीले नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याउन थालेको छ । गुणस्तरलाई ध्यानमा राखी र नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबरहरु उत्पादन गर्न सकिने तालिम समेत दिँदै आईरहेको छ ।

कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरीङ्ग वारेन्टी रहेको तथा यस कम्पनीले आईएसओ मापदण्ड अनुसार उत्पादन गरीएका छन् । साथै ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु यस कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तिन महिनामा ट्रलिमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्