०७ बैशाख २०८१, शुक्रबार
Tags

रक्षा बन्धनको अवसरमा जनकपुर, बिरगंज र काठमाडौंमा रुखहरुमा रक्षासूत्र बांधेर संकल्प

राजेश कुमार शर्मा शुक्रबार, साउन २७, २०७९

जनकपुर / जिवन रक्षार्थ रक्षा बन्धनको अवसरमा नेपालको बिभिन्न स्थानहरु खासगरी जनकपुरधाम, बिरगंज र काठमाडौंमा रुखहरुमा रक्षासूत्र बांधेर बचाउन संकल्प लिएका छन् । बिभिन्न पर्यावरण संरक्षण अभियानमा सक्रिय रहँदै आउनुभएको अभियानीहरु, वनबिज्ञहरु, सामाजिक अभियन्ताहरु, वकिल, पत्रकार र बुद्धिजीवी लगायत समाजको बिभिन्न लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको सहभागितामा रुखहरुमा रक्षासूत्र बांधेर संरक्षणको लागि संकल्प लिएका छन् । यस क्रममा जुनसुकै बहानामा हुने वन बिनासको बिरुद्धमा सामूहिक रूपमा आवाज उठाउने अठोट गरेका छन्
जनकपुरधाममा भएको वृक्ष बन्धन कार्यक्रमको आयोजना ऐतिहासिक दुधमती संरक्षण अभियान का सुदीप मण्डल लगायतका अभियन्ताहरुको अग्रसरतामा, बिरगंजमा सामाजिक अभियन्ता प्रकाश थारू द्वारा र काठमाडौं स्थित पशुपतिनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा वनबिज्ञ आनंदा भंडारी र सुरेश शर्माको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित