१३ बैशाख २०८१, बिहिबार
Tags

तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले घरघरमा स्वास्थ्य सामग्री पुर्याउने

Ranbhumi आइतबार, जेठ ०२, २०७८

बिराटनगर / कोरोना महामारीको दोश्रो लहरले जनजिवन कस्टकर भइ संक्रमित भएका हरुको उपचारमा आईरहेको समस्यामा परेकाहरुको लागी केही हद सम्म राहत प्रदान गर्न बिराटनगर १६ स्थित तालिम केन्द्र चौकको युवा अभियन्ताहरुले एउटा समिती गठन गरी होम आईसुलेसनमा रहेका संक्रमितहरुकोलागी मास्क सेनेटाईजर तथा अक्सिजन जस्ता सामग्री पुर्याउने भएका छन ।

बिराटनगर १६ तालिम केन्द्र चौक बस्ने सप्तकोशी तिर्थयात्रा का सञ्चालक नरेश लाभको अध्यक्षतामा गठन गरिएको तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहको उपाध्यक्षमा सन्जिव साह, सचिव अर्जुन यादव, कोषाध्यक्ष बसन्त यादव र सदस्यहरु बिजय यादव, गोपाल भुजेल, अमर साह , प्रेम यादव र राज मन्डल रहेका छन ।

उक्त तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले अक्सिजन सहितको एम्बुलेंस सेवा, मास्क, सेनेटाईजर लगाउत कोबिड -१९ संग सम्बन्धीत स्वास्थ्य सामग्री उपकरणहरु घर घर सम्म पुर्याउने अध्यक्ष लाभ ले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्