१३ बैशाख २०८१, बिहिबार
Tags

आदिवासी जनजातीलाई नेपालको मुलबासी नामकरण गर्न माग

उषा सरदार शनिबार, भाद्र ०४, २०७९

आदिवासी जनजातीमा सुचिकृत भएका मगोलहरुलाई नेपालको मुलबासी घोषणा गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले माग गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेसनको आयोजनामा आज भएको मानव नशल र मुलवासी बिषय एक दिने बिचार गोष्ठीका वक्ताहरुले येस्तो बताउनु भएको हो। उहाहरुले हामी नेपालको मुलवासी भएकोले नेपालको जल जंगल जमिनमा हाम्रो अधिकार हुनु पर्ने माग कार्यक्रमको बिशिस्ट अतिथि तथा मगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य नरेन्द्र थुलुंगले बताउनु भयो।उहाले हामी नेपालको मुलवासी भए पनि हामिलाई आदिवासी जनजातीमा सुचिकृत गरेर हामिमाथी अन्य गरेको बताउनु भयो।

कार्यक्रमको प्रमुख अतिथी तथा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रीय सदस्य सह सचिब जीवन मंगोलले हामी मुलवासीलाई सरकारले जवर्जस्ती आदिवासी जनजातीमा सुचिकृत गरेको गुनासो गर्नु भयो। उहाले हामी नेपालको मुलवासी रहेको दाबी गर्नु भयो। उहाले आर्यहरुले हामिलाई विभिन्न बहानामा दवाउन खेजेको आरोप लगाउनु भयो।

मंगोलहरु आदिवासी जनजाती नभएर नेपालको मुलवासी भएको कुरा बिराटनगर बासिलाई जानकारी गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको कार्यक्रमको अध्यक्ष रामजी तामांगले बताउनु भयो उहाले येस्तो कार्यक्रम ७७ वटा जिल्लाको हरेक वडा र नगरपालिकामा गर्ने बताउनु भयो।

यहाँ कमेन्ट गर्नुहोस्