०८ बैशाख २०८१, शनिबार
Tags

सशस्त्र प्रहरीद्वारा मोरङ्गको सिक्टीबाट दुई थान पेस्तोल सहित दुई जना पक्राउ

रणभूमी डेस्क सोमबार, भाद्र ०६, २०७९

विराटनगर / मोरङ्गको सुनवर्शी नगर पालिका -८ सिक्टीबाट सशस्त्र प्रहरीले दुई थान पेस्तोल सहित दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सिक्टीबाट स.प्र.ह. नबराज खड्काको कमाण्डमा खटिएको ५ जनाको पैदल गस्ती टोलीले जिल्ला मोरङ्ग सुनवर्षी न.पा. ८ खरेवारी स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको को २७ प ४०६ नं को २०० सिसी पल्सर मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार जिल्ला मोरङ्ग सुनवर्षी न.पा.-८ हसनगढी बस्ने बर्ष २८ को आरिफ आलमको साथबाट अटोमेटीक चाईनिज पेस्तोल थान १ र त्यसमा लाग्ने म्याग्जिन १ थान र सिक्सर पेस्तोल १ थान बरामद गरेको थियो । सशस्त्र प्रहरीले थालेकोको अनुसन्धानको क्रममा आलमले दिएको मौखिक बयानको आधारमा मोरङ्ग जिल्ला उर्लाबारी न.पा.-६ तरुण चोक बस्ने बर्ष २९ को नबिन धिमालले मगाएको खुलेको थियो ।

आलमको मौखिक बयानको आधारमा वि.ओ.पि.सिक्टीबाट पुनः स.प्र.नि. नम प्रभाव राईको कमाण्डमा ७ जना र प्रहरी चौकी सिक्टीबाट प्र.ना.नि.सुवास अधिकारीको कमाण्डमा ४ जनाको संयुक्त सादा पोशाकमा खटिएको टोलिले हतियार मगाउने धिमाललाई आईतवार रातिको ८ बजेको समयमा धिमालले प्रयोग गरेको को २२ प ६७०७ नं को एफजेड मोटरसाईकल र उनको साथबाट चेकजाच गर्दा नेपाली रुपैयाँ ४७ हजार ७७० सहित मोरङ्ग जिल्ला रतुवामाई न.पा.-८ दामाभि‌ट्टाबाट नियन्त्रणमा लिन सफल भएको थियो । धिमाललाई वि.ओ.पि. सिक्टी मा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्