१४ बैशाख २०८१, शुक्रबार
Tags

हिपमत मिडिया हाउस द्वारा “म परदेशी बन्दिन” म्युजिक भिडियो विमोचन

रणभूमी डेस्क सोमबार, भाद्र ०६, २०७९

विराटनगर / हिपमत मिडिया हाउस विराटनगरले नेपाली देश भक्ति म्युजिक भिडियो ‘म परदेशी बन्दिन’ को विमोचन गरेको छ ।

विराटनगर -९ स्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा विराटनगर महानगर पालिकाको मेयर नागेस कोईरालाको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गर्दै उक्त म्युजिक भिडियो विमोचन गरेका हुन् ।

मिथिला रत्न भनेर चिनिने गायक वीरेन्द्र कुमार झाको स्वर रहेको नेपाल नेपाली र देश भक्तिको भाव समेटिएको म्युजिक भिडियो विमोचन कार्यक्रमको अध्यक्षता हिपमत मिडिया हाउसको अध्यक्ष कलाकार तथा नेपाल पत्रकार महासंघ मोरङ्ग शाखाको कार्यसमिति सदस्य वीरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा उक्त नेपाली गीतमा विभिन्न विधा मार्फत योगदान पुर्याउने दर्जनौं व्यक्तिहरुलाई सम्मान पत्र सहित सम्मानित गरेका थिए ।

कार्यकममा साहित्यकार खेम नेपाली, मैथिली नायक विजय कामत, पूर्व नेपाल प्रहरी उपरिक्षक बिध्यानन् माझी, मैथिली अभियन्ता प्रविण नारायण चौधरी, लगाएतको उपस्थिति रहेको थियो ।

विमोचन गरिएको नेपाली देशभक्ति गीत “म परदेशी बन्दिन” कुन्दन फिल्मस् को यू ट्यूब च्यानल मार्फत हेर्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्