१३ बैशाख २०८१, बिहिबार
Tags

ईलाका प्रहरी कार्यालय रानीको टोलीद्वारा घेरा हाली उखु बारीबाट ४ बाढीको कपडा समाउन सफल

रणभूमी डेस्क बिहिबार, भाद्र ०९, २०७९

विराटनगर / भारतबाट अवैध रुपमा कपडाहरु तस्करी गरी नेपाल ल्याउँदै गरेकाे अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटेको प्रहरीको टोलीले ४ लाख ३४ हजार बराबरको कपडाहरु पक्राउ गरी जफत गरेको छ ।

जोगबनीबाट इन्द्रानगर टिकुलिया बस्तीको को बाटो भएर विराटनगर -१६ स्थित दरैयाको बाटो भएर तस्करी गरी नेपाल ल्याएको कपडाहरु प्रहरीले समाएका हुन ।

विहीवार इलाका प्रहरी कार्यालय रानको प्रहरीलाई कपडा तस्करी भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी प्रमुख महेन्द्र दर्नालको निर्देशन अनुसार सीमा प्रहरी चौकी रानी प्रमुख देव पुकार यादवको सहयोग लिई घेरा हाली विराटनगर -१६ कै उखुबारीको बाटो लुकी छिपी ल्याएको कपडाहरु नियन्त्रणमा लिन सफल भएको हो। प्रहरीहरुले कपडा समाउन घेरा हालेको थाहा पाए पछि बिलेकियाहरु उखु बारीमै तस्करी गरी ल्याएको कपडाहरु लुकाएर भागेका थिए । उखु बारी छिराएको कपडाहरु बारीमै हुनसक्ने अनुमान लगाउँदै प्रहरीहरुले खोज तलास गर्ने क्रममा उक्त कापडाहरु फेला पारेको थियो ।

उक्त कपडाहरुमा लेडिज जामा ४१ थान, लेडिज लेगिज ८० थान, नर्मल साडि ९९ पिस, साडि ५५ थान, थानको कपडा ९४ थान, बुटिक सामान ७२ थान, थानको साडि १७ वटा रहेको थियो । जसको बजार मूल्य धेरै भए पनि भन्सार दाखिला गर्ने मूल्य रु. ४ लाख ३४, हजार ६ साय रुपैयाँ मूल्यांकन गरिएको छ ।

अहिले दशैं तिहार नजिकिँदै गरेको बेला कपडा तथा पटेकाहरु तस्करी बढी हुने सिजन रहेको हुनाले सक्रिय रहेको तस्करहरुलाई निरुत्साहित गर्न इलाका प्रहरी कार्यालय रानीको प्रहरीहरु सक्रिय रहेको पाईएको छ ।

विराटनगर -१६ को दरैया वस्तीमा सशस्त्र प्रहरीको बिओपी रहेको हुनाले जनशक्ति अभावको कारण प्रहरीहरु कमै मात्र उक्त ठाउँमा पुग्ने गरेको दरैयाको स्थानियहरु बताउँछन् ।

खुला सिमाना भए पनि ठाउँ ठाउँमा सशस्त्र प्रहरीको डिउटी टोली नेपाल भारत सीमामा चौबिसै घण्टा तैनाथ भएपनि अहिले दरैय वस्तीको उखु बारी कपडा विलेकियाहरुको लागि सुरक्षित स्थान बन्दै गईरहेको छ ।

उखुबारीको घना जंगलको बाटो तस्कर विलेकियाहरूको लागि बरदान सरह भए पनि केही पुराना तस्कर विलेकियाहरु केसलिया खोला पारी सुनसरीको बाटो भएर अवैध माल सामान ओसार पोसार गर्ने कार्य सक्रियतासाथ गर्दै आईरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्