०९ आश्विन २०७९, आइतबार
Tags

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक

रणभूमी डेस्क सोमबार, भाद्र २०, २०७९

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईकी आमा ८४ वर्षीया धनकुमारी राईको आज बिराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।
भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउपोखरी निवासी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केहि दिन अगाडि उपचारको लागि हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिने छ ।

राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । राईका तीन छोरा र एक छोरी छन् । मुख्यमन्त्री राई कान्छो छोरा हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्