०७ बैशाख २०८१, शुक्रबार
Tags

पूर्व प्रधानमन्त्री केपी ओलीको साथमा जितिया पर्व शनिवार विराटनगरमा

रणभूमी डेस्क शुक्रबार, भाद्र २४, २०७९

विराटनगर । पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विराटनगरमा जितिया पर्व समारोह आयोजना हुने भएको छ ।

अप्पन विराटगढ परोपकार समाजको आयोजनामा भदौ २५ गते स्थानिय महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा भब्य समारोह आयोजना गर्न लागिएको हो । कार्यक्रममा चनमाका अध्यक्ष श्रमिति बिभा झा सहित मिथिला र मैथिलीका चर्चित हस्तीहरुको सहभागिता रहने छ ।

सन्तानको दीर्घायूका निम्ति मनाईने जितिया मिथिलाको महान पर्व भएको हुनाले संस्कृतिको संरक्षण तथा पर्बधनको उद्धेश्यसहित जितिया पर्व समारोह २०७९ आयोजना गर्न लागिएको अप्पन विराटगढ परोपकार समाजका अध्यक्ष बसुन्धरा झा ले जानकारी दिनुभयो ।

मैथिली भाषासंस्कृति संरक्षण तथा प्रबर्धनमा समर्पित अप्पन विराटगढ परोपकार समाजले बितको ११ बर्षदेखी जितिया पर्व समारोह सहित अन्य विविध सांस्कृतिक कार्यक्रमहरु आयोजनागर्दै आएको सदस्य राजेश झा ले जानकारी दिनुभयो । यसपल्टको समारोहमा जितियाको महत्वको बिषयमा चर्चा परिचर्चा गरिनुका साथे मैथिली भाषाको पारम्परिक गीत तथा नृत्यहरु प्रस्तुत गरिने जनाईएको छ ।

असोज २ गते यसपल्टको जितिया ब्रत मनाईने छ । जितिया पर्व समारोह २०७९ को मिडिया पार्टनर मैथिली अनलाईन रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित