१६ चैत्र २०८०, शुक्रबार
Tags

बिराट समाज द्वारा निषेधाज्ञा अवधीभर एक छाक नि:शुल्क खाना अभियान सुरु

Ranbhumi मंगलबार, जेठ ०४, २०७८

बिराटनगर / महामारीको कारणले गर्दा निषेधाज्ञा लागु भएपछी रोजगार नभएर दयनिय अवस्था भएका व्यक्तिहरुलाई दैनिक एक छाकको खाना बिराट समाजले बितरण गर्ने भएको छ ।बिराट समाज ले आज देखी सुरु गरेको नि:शुल्क खाना वितरण कार्यमा आवश्यकता भएका व्यक्तीहरु सिटी, ट्याम्पू चलाउने मजदुरी गर्ने, बिरामी कुरुवा लगायत अन्य गरिब र रोजगार गुमेका व्यक्तीहरुको लागी केही हद सम्म राहत पुर्याउन का निम्ती एक छाकको खाना वितरण कार्य सुरु गरेको बिराट समाज को अध्यक्ष अक्षय सहनी ले बताउनुभयो ।
नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक माननिय केदार कार्की र नेता डा.शेखर कोइरालाको सहयोगमा बिराटनगर ६ स्थित केसलिया रोड बाट उक्त खाना वितरण कार्य गरिने सहनीले बताए साथै खानाको आवश्यकता भएको व्यक्तीले सिधै खाना वितरण स्थलमा पुगी प्याकिङ्ग गरी राखिएको खानाको प्याकेट र पानी लिन सक्ने छन । उक्त खाना पानी बितरण कार्य निषेधाज्ञा अबधीभरि निरन्तर जारी रहने बताउदै आज पहिलो दिन ३ सय ५० जनाले सेवा लिएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित