१६ चैत्र २०८०, शुक्रबार
Tags

एक्सन समुहको क्विक रिस्पोन्स स्वास्थ्य सामग्री देखी राहत सम्म, ट्याम्पू एम्बुलेंस सेवा सहित

Ranbhumi मंगलबार, जेठ ०४, २०७८

बिराटनगर / तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले दयनिय परिवार तथा कोरोना संक्रमित लगायत गर्भवती महिलाहरुको लागी समेत राहत बितरण देखी स्वास्थ्य सामग्री सम्म पुर्याउन सक्रियता साथ लागी परेको छ ।

नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य राजेश गुप्ताको सहयोगमा तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले मंगलवार सम्ममा बिराटनगर १३ र १६ नम्बर वाडामा २५ जना एकल महिला, विपन्न, तथा दयनिय अवस्था रहेका परिवारहरुलाई राहत सामग्री बितरण गरीसकेको र साथै बिराटनगर १३ कि एक कोरोना संक्रमित महिलाको लागी समयमै अस्पताल सम्म अक्सिजन सिलिण्डर पुर्याएर ज्यान समेत जोगाएका छन ।

बिराटनगर १३ बस्ने कोरोना संक्रमित महिला उपचारको लागी अस्पताल भर्ना भएपछी सास लिन समस्या आएको थाहा पाएपछी तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहको अध्यक्ष नरेश लाभ सहितको टोली अक्सिजन को व्यवस्थामा जुटेका थिए । अक्सिजन को लागी बिराटनगर १३ का वडा अध्यक्ष झरिलाल महतो संग लाभले अनुरोध गरेपछी महतोले आफ़ुबाट नहुने बताएपछी तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले अन्यत्र बाट अक्सिजन व्यवस्था मिलाएर बिरामीको ज्यान जोगाउन सफ़ल भएको लाभले बताएका छन ।

त्यसैगरी तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुहले गर्भवती महिलालाई सुरक्षित डेलिभरीको निम्ती ट्याम्पू एम्बुलेंसको समेत व्यवस्था मिलाएको छ । उक्त ट्याम्पू एम्बुलेंसको लागी एक्सन समुहका अध्यक्षले ९८५२०२०३७९ र ९८१९३७१२०३ नम्बरमा सम्पर्क गरे तुरुन्त उपलब्ध हुने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्