१४ बैशाख २०८१, शुक्रबार
Tags

नेपाल सुडी समाज केन्द्रिय समितिमा सन्तोष साहको नेतृत्वमा नयाँ समिति निर्वाचित

रणभूमी डेस्क मंगलबार, आश्विन ०४, २०७९

विराटनगर / नेपाल सुडी समाजको केन्द्रिय समितिमा सन्तोष साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत बाट चयन भएका छन्।

नेपाल सुडी समाज केन्द्रिय समितिको असोज ३ गते सोमवार विराटनगरमा भएको तेश्रो महाधिवेशनमा मोरङ्ग हरकपुर निवासी सन्तोष साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत बाट निर्वाचित भएको हो ।

जहदा गाउँ पालिका अध्यक्ष जितेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको समाजको तेश्रो महाधिवेनमा सुडी जातिको नेपाल र भारतको विभिन्न जिल्लाहरुमा रहनुभएका समुदायका व्यक्तिहरूले सहभागिता जनाउँदै नयाँ समितिलाई ताली बजाई स्वागत गर्दै नयाँ समिति चयन प्रक्रिया सम्पन्न गरेका हुन् ।

सोमवार चयन भएको नेपाल सुडी समाजको केन्द्रिय कार्यसमितिमा मोरङ्ग जिल्ला हरकपुर निवासी सन्तोष साह अध्यक्ष पदमा, विराटनगर १५ निवासी मञ्जु देवी साह महिला उपाध्यक्ष पदमा र विराटनगर निवासी दिनेश कुमार राउत उपाध्यक्ष पदमा निर्वाचित भए भने महासचिव पदमा सुनसरी जिल्ला देवानगंज ५ साहेबगंज निवासी श्याम नारायण शाह निर्वाचित भएका हुन् ।

त्यसैगरी, सचिव पदमा विनय कुमार साह, कोषाध्यक्ष पदमा फूलमाला साह लगाएत सदस्य हरुमा गोपाल साह, ओमप्रकाश साह, दिलीप कुमार साह, विकाश कुमार साह, हरी ओमप्रकाश साह, राजेन्द्र प्रसाद साह, ज्ञानचन्द साह, पुनीत साह, पंकज साह, शेखर प्रसाद साह र तुलसी साह सर्वसम्मत बाट निर्वाचित भएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित