१६ चैत्र २०८०, शुक्रबार
Tags

श्री रामको दिग्विजय रथ यात्रामा १५ हजार कि.मी. को बिभिन्न स्थानहरुमा वृक्षारोपण

राजेश कुमार शर्मा मंगलबार, आश्विन १८, २०७९

जनकपुर / भगवान श्री रामको दिग्विजय रथ यात्रा भारतको अयोध्याबाट शंकराचार्यको नेतृत्वमा शुरु भएको छ ।

उक्त रथयात्रा भारतको बिभिन्न २६ राज्य र नेपाल देशको बिभिन्न स्थानहरु गरी १५ हजार किलोमिटरको यात्रा तय गर्नेछ । यस क्रममा करिब १०५ वटा पडाबहरुमा बिश्राम गर्ने र हरेक स्थलमा १/१ गोटा रुद्राक्ष र शिवलिंगको विरुवा रोपण गरिनेछ। रोपण गरिने रुद्राक्ष र शिवलिंगको विरुवा उपलब्ध गराउने जिम्मा पर्यावरण अभियंता तथा डीएफओ सुरेश शर्माले गर्नुहुने छ। जिम्मेदारी प्राप्त गरे अनुसार विरुवाहरु तयारी अवस्थामा वहा ले राखिसकेको बताउनुहुन्छ। अयोध्या देखी जनकपुरधाम सम्मको यात्रामा पर्ने ५ वटा स्थानको लागी आवश्यक विरुवा पठाइसकेको छु भने बाँकी विरुवाहरु असोज २१ गते जनकपुरधाममै शंकराचार्य ज्यूलाई हस्तान्तरण गरिने बताउनुभयो। यसको लागी विरुवा उपलब्ध गराउन सहयोग गर्ने योगगुरू मनोहर साह डीएफओ बिनोद सिंह, डीएफओ बीरेंद्र साह भगवान श्री रामको दिग्विजय रथ यात्राको क्रममा १५ हजार कि.मि. को बिभिन्न स्थानहरुमा वृक्षारोपण गर्नुहुने छ।

यहाँ कमेन्ट गर्नुहोस्