१४ बैशाख २०८१, शुक्रबार
Tags

एल.पी.ग्यास बिक्रेता संघ द्वारा जिल्ला भर १५ दिन कर्फ्यू लगाउनुपर्ने माग

Ranbhumi मंगलबार, जेठ ०४, २०७८

बिराटनगर / बढदो कोरोना महामारीको संक्रमणलाई न्यूनिकरण गर्न महामारीको चेन ब्रेक गर्न जिल्ला भर १५ दिन कर्फ्यू लगाउनुपर्ने माग राख्दै एल पि ग्यास बिक्रेता संघ मोरङ्गद्वारा जिल्ला प्रशासन कार्यालय मोरङ्गलाई सामाजिक संजाल बाटै ज्ञापनपत्र बुझाएको छ ।

बिराटनगर सहित मोरङ्गमा बढी रहेको कोरोना महामारीलाई मध्य नजर गदै बिराटनगरमा कम्तीमा १५ दिनको लागि कर्फ्यु लगाउनु पर्ने एल पि ग्यास बिक्रेता संघ मोरङ्गका अध्यक्ष गणेश कुमार शाहले मंगलवार आफ़्नो सामाजिक संजाल फ़ेसबुक मार्फ़त प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै ज्ञापनपत्र पेस गरेका छन ।

यथाशीघ्र कर्फ्यु न लगाए बिराटनगरमा पनि छिमेकी मुलुक भारतको ठुला शहरहरु जस्तै कोरोना महामारीले भयावह रुप लिन सक्ने चिन्ता व्यक्त गर्दै संघका सचिव सुधीर यादवले धारणा राखेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्