१३ बैशाख २०८१, बिहिबार
Tags

ईप्रका रानीको टोलीले बास झ्याङ बाट खनेर निकाल्यो गाँजा

पवन विक्रम शाह शुक्रबार, कार्तिक ०४, २०७९

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी बाट खटेको एक टोलीले बास झ्याङमा लुकाई माटो मुनी गाडीराखेको १५ किलो गाँजा बरामद गरी अनुसन्धान थालेको छ ।

शुक्रवार एकाबिहानै ईलाका प्रहरी कार्यालय रानीलाई प्राप्त भरको गोप्य सूचनाको आधारमा मोरङ्ग जहदा गाउँ पालिका -२ स्थित भाथीगंछमा रहेको एक बाँसको झ्याङमा लुकाई माटो मुनी गाडिएको अवस्थामा विहान साढे ५ बजेको समयमा ई.प्र.का. रानी बाट खटेको विशेष टोलीले खनेर निकालेको १५ किलो ग्राम प्रतिबंधित लागुऔषध गाँजा बरामद गरी अनुसन्धान थालेको हो।

उक्त गाँजा कसले गाडेर राखेको हो वा कारोवारी को हो भन्ने कुराको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्