१३ मंसिर २०७९, मंगलबार
Tags

भुटाहामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न, ४२५ जनाको उपचार,८० जनाको सल्यक्रिया

मौलाना मो.अकील आइतबार, कार्तिक ०६, २०७९

सुनसरी / हाजी वली मोहमद च्यारिटी ट्रस्ट र भुटाहा मेडिकल हल भुटाहा सुनसरीको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर ल्याई ४ साय २५ जनाएको आँखा जाँच तथा ८० जनाको सफल सल्यक्रिया गरेको छ ।

कार्तिक १ गते भुटाहा मेडिकल हलको सञ्चालक डाक्टर परवेजको अध्यक्षतामा आयोजना गरिएको आँखा जाँच शिविरमा गोल्ड मेडलिस्ट डा. सफिउल रहमानले गरेको उपचारमा भुटाहा, हरिनगर, घुस्की लगाएतका ४ साय २५ जना आँखाको समस्या बाट पीडित वृद्ध बृद्धाहरुले लाभ लिएका थिए भने आँखा मोतिया विन्दको समस्या भएका ८० जना मानिसहरूलाई नि:शुल्क सफल सल्यक्रिया गरी उपचार गरेको थियो ।

हाजी वली मोहमद च्यारिटी ट्रस्ट र भुटाहा मेडिकल हल सञ्चालक डा.परवेजले आँखा जाँच शिविर सफलता पूर्वक सम्पन्न गरेको अवसरमा डा. सफिउल रहमान लाई प्रमाण पत्र सहित सम्मानित गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्