१२ बैशाख २०८१, बुधबार
Tags

युवा संघ नेपालले निषेधाज्ञा अवधी भर हप्ताको सातै दिन घरमै खाना पुर्याउने

Ranbhumi आइतबार, जेठ ०९, २०७८

बिराटनगर / बिराटनगर महानगर पालिका भित्र निषेधाज्ञा को कारणले कोही मान्छे भोकै भए अब युवा संघ नेपालले घरमै खाना पुर्याउने जिम्मा लिएर सेवा थालेका छन ।

कोरोना महामारीको भिषण परिस्थितिमा सरकार तथा प्रशासनले नागरिकको हित र स्वास्थ्य लाई मध्येनजर गर्दै लगाईएको निषेधाज्ञाको कारणले गर्दा रोजगार गुमेका, दैनिक ज्यालादारी काम गरी जिविकोपार्जन गर्ने अति विपन्न परिवारलाई घर सम्मै खाना पुर्याउने युवा संघ नेपालका केन्द्रिय सदस्य तन्विर खानले बताउनुभयो । खानले आफ़्नो र अर्को युवा संघ नेपाल को केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्ला उपाध्यक्ष सन्जय बि.क.को ९८०४३१४४३६ र ९८२३०८०७६८ नम्बर सार्वजनिक गरी उक्त नम्बरमा खानाको आवश्यकता भएका जोकोहीले पनि सम्पर्क गरे आवश्यकता अनुसार हप्ताको सातै दिन घरमै खाना पुर्याउने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्