१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्गमा पटाका बेच्नेलाई कारवाही गरिने, देउसी भैलो खेल्न पाइने समय १० बजेसम्म मात्र

रणभूमी डेस्क आइतबार, कार्तिक ०६, २०७९

विराटनगर / मोरङमा पटाकाजन्य वस्तुको बिक्रिवितरणमा पूर्णरुपले रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ सूचना जारी गर्दै भूइचम्पा, पटाका र रकेट जस्ता बिस्फोटक र ज्वलनशिल वस्तुको ओसार पसार र खरिद बिक्रि गर्न पूर्णरुपमा रोक लगाएको हो ।

पटाकाजस्य वस्तुले वातावरणमा वातावरणमा प्रतिकुल असर पर्नुका साथै आगलागीका कारण धनजनको क्षती हुनसक्ने भएको पूर्णरुपले रोक लगाइएको प्रशासनले जनाएको छ । त्यस्तै देउसी भैलो राति १० बजेपछि खेल्न समेत प्रशासनले रोक लगाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्