१३ मंसिर २०७९, मंगलबार
Tags

जनकपुरधाम वन प्राविधिक समाजको चौथो साधारण सभा सम्पन्न

राजेश कुमार शर्मा शुक्रबार, कार्तिक ११, २०७९

जनकपुर / जनकपुरधाम वन प्राविधिक समाजको चौथो साधारण सभा शुक्रवार सम्पन्न भएको छ।

जनकपुरधाम स्थित पगलाबाबा धर्मशालामा समाजका अध्यक्ष रामस्वार्थ साहको अध्यक्षता तथा नेपाल वन प्राविधिक संघको अध्यक्ष डाक्टर किरण पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

गमलामा शिवलिङ्गको विरुवा रोपण गरी जल सिंचन गरी उदघाटन गरिएको सो कार्यक्रम मा बिशिस्ट अतिथीको रुपमा राष्ट्रपती चुरे तराई मधेस संरक्षण बिकास समितिको सदस्य सचिव डाक्टर सिन्धु ढुङ्गाना र मधेस प्रदेश अर्थ मन्त्रालयका सचीव गजेन्द्र ठाकुर रहनु भएको थियो भने सो कार्यक्रमको सञ्चालन सुरेश शर्माले गर्नुभएको थियो ।

सभाले समाजको आय व्यय र सांगठनिक प्रतिवेदन स्वीकृत लगायत समसामयिक बिबिध निर्णयहरु गर्नुको अतिरिक्त १५ सदस्यीय नयाँ कार्य समितिलाई चयन गरेको छ । उक्त समितिमा अध्यक्ष पदमा रामस्वार्थ साह, उपाध्यक्षमा रुप नारायण झा, महासचिव सुरेश शर्मा, सचिव देव शरण यादव र कोषाध्यक्ष मा शंकर नारायण झा सहित सदस्य हरुमा सञ्जय कुमार मिश्र, राज कुमार ठाकुर, राम आशिष यादव, शत्रुघ्न ठाकुर, रामचन्द्र यादव, सोनफी पासवान र राम बाबु यादव लगाएतका व्यक्तिहरू रहनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्