१५ चैत्र २०८०, बिहिबार
Tags

कोल्ड्रिक को बोतलमा खनाई ल्याउदै गरेको लागुऔषध सहित एक पक्राउ

Ranbhumi सोमबार, जेठ १०, २०७८

बिराटनगर / भारत नेपाल बन्द हुदा नेपालमा चाहिने हरेक प्रकारको खाद्यान्न वस्तुहरु सहजै पाउन सकिएपनी लागुऔषध पाउन मुस्किलै हुन्छ । दुर्व्यसनीको कुलतमा परेका लागुऔषध सेवनकर्ताहरु अनेक जुक्ती लगाई लागुऔषध सेवनका निम्ती जोगबनीको टिकुलीया बस्ती पुगेरै छड्ने गरेका छन । सोही क्रम्मा आईतवार राती कोल्ड ड्रिंकको बोतलमा डाईलेक्स डिसी नामक लागुऔषध खनाई नेपाल फ़र्किदै गरेको अवस्थामा डिउटीमा खटेको टोलीले पक्राउ गरी अनुसन्धान थालेका हो ।

बिराटनगर १६ बस्ने वर्ष ४३ को सज्जु शाहीलाई एक चिसोको बोतलमा खनाई ल्याउदै गरेको लागुऔषध र साथमा समेत रहेको डाईलेक्स डिसी २ थान, नाईट्रोभेट ३० थान र स्पास्मो प्रोक्सिभन प्लस आठ थान लागुऔषध सहित बिराटनगर १६ दरैयाको चेक पोस्टमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी र इलाका प्रहरी कार्यालय रानीको डिउटी टोलीले नियन्त्रण मा लिएको थियो । कोकाकोला को रंग र लागुऔषध को रंगमा केही मात्र फ़रक रहेको हुनाले कोकाकोला खादै गाउ घर डुलेको जस्तो गरी आईरहेको अवस्थामा नियंत्रमा लिएको हो ।

कोकाकोला को बोतलमा खनाई ल्याएको लागु औषधको परिक्षण रिपोर्ट आउन समय लाग्ने हुनाले शाहीको साथ बाट बरामद भएको लागुऔषध सहित मुद्दा दर्ता प्रक्रिया अगाड़ी बढाएको इलाका प्रहरी कार्यालय रानी प्रमुख प्रकाश राउतले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्