१३ मंसिर २०७९, मंगलबार
Tags

बुधवार विहान उच्च बैंक व्याजदर विरुद्ध कालो पोसाकमा बृहत मौन जुलुस हुने

रणभूमी डेस्क मंगलबार, कार्तिक २२, २०७९

विराटनगर / मोरङ्ग व्यापार संघले उच्च बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरू विरुद्ध कालो पोसाकमा वृहत मौन जुलुसमा सहभागी हुन सबैमा अपिल गरेकाे छ ।

चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरूका विरूद्ध सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं.१ ले संयुक्त रूपमा आयोजना गरेकाे वृहत मौन जुलुस कार्यक्रम सहित सम्बन्धित निकायहरूमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकोले उक्त कार्यक्रममा विरोध स्वरूप कालो टि-सर्ट लगाई सहभागि भईदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरू तथा उच्च बैंक व्याजदरले पीडित सबै आम सर्व साधारण र नगरवासीहरूमा हार्दिक अपिल गरेका छन् ।

विरोध झल्कने कालो रंगको ड्रेस कोड रहेको बृहत मौन जुलुस २०७९ कार्तिक २३ गते बुधवार विहान साढे १० बजेको समयमा मोरंग व्यापार संघको प्राङ्गणबाट भेला भई निस्किने मोरंग व्यापार संघ विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्