१३ मंसिर २०७९, मंगलबार
Tags

निर्वाचन लक्षित नेपाल भारत संयुक्त सुरक्षा बैठक जोगबनीमा सम्पन्न

रणभूमी डेस्क आइतबार, कार्तिक २७, २०७९

विराटनगर / आसन्न प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मोरङ्ग र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको पहलमा नेपाल भारत दुई देश बीच सुरक्षा बैठक सम्पन्न भएको छ ।

शनिवार एकीकृत जाँच चौकी (आईसीपी) मा जोगवनी तर्फ बसेको निर्वाचन लक्षित सुरक्षा बैठकमा नेपाल र भारतको गरी मोरङ्ग, सुनसरी र भारतको अररिया जिल्लाको प्रमुख सुरक्षा अधिकारीहरु बिच सम्पन्न भएको हो ।

नेपाल भारत बीच खुला सिमाना रहेको नेपाल तर्फ सुनसरी, मोरङ्ग र भारत तर्फ अररिया जिल्ला भएको हुनाले अपराधिक गतिविधि रोक्न, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षाको दृष्टिकोणले दुई देश बीचका प्रशासनहरु बीच सहकार्य आवश्यक रहेकोले तथा दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन पनि सहकार्य आवश्यक रहेको हुनाले भारतीय सुरक्षाकर्मीले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई गार्ड अफ अनर सलामी दिँदै भारतीय पक्षले बैठकमा स्वागत गरेका थिए ।

संयुक्त सुरक्षा समितिको बैठक कार्यक्रममा मुख्य एजेण्डाहरु दुई देश बीचको खुला सिमानामा संयुक्त गस्ती, मादक पदार्थ तथा लागुऔषध बेचबिखन तथा ओसापसारको कामलाई रोक्ने, ७२ घन्टा अगाडी दुई देश बीचको नाका सिल गर्ने तथा अति आवश्यक अवस्थामा भारत बाट नेपाल तथा नेपाल बाट भारत एम्बुलेन्स, बारुणयन्त्र लगाएतका सेवाहरुलाई कसरी सहजीकरण गर्ने विषयमा छलफल भएको थियो । त्यसै गरी कुनै पनि घटना गरी एकअर्काको देशमा भाग्ने दुवै देशका समाज विरोधी तत्व र अपराधीहरुको रोकथाम र नियन्त्रणमा जोड दिइएको थियो । एउटै नाकाबाट हातहतियार, खरखजाना, लागुऔषध, नक्कली नोटलगायत अन्य वस्तुको तस्करीमा प्रतिबन्धसँगै सूचना आदानप्रदान पनि थपिएको छ । निर्वाचन प्रभावित गर्ने खालको क्रियाकलाप लाई नियन्त्रण गर्न भारत बाट नेपाल आउने जोकोहीलाई पनि कडाईका साथ चेक जाँच गर्ने र दशगजा क्षेत्रमा कुनै पनि गतिविधि हुन नदिने विषयमा छलफल भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङ प्रमुख काशीराज दाहालको संयोजकत्वमा जोगबनी आईसिपीमा भएको उक्त सुरक्षा बैठकमा जिल्ला प्रसाशन कार्यालय सुनसरी प्रमुख इन्द्रदेव यादव, मोरङको सप्रजिअ शरदकुमार पोखरेल, सुनसरी सप्रजिअ जोरासिङ मणि र ओमप्रसाद भटराई, जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रभु ढकाल, सशस्त्र प्रहरी बल नेपाल नं ३ गण प्रमुख राजकुमार लामिछाने, नं ३७ गण प्रमुख विक्रम हुमागाई र राष्ट्रिय अनुसन्धान मोरङ्ग जिल्ला प्रमुख बाशु सिग्देल र विओपी रानी प्रमुख इलाका प्रहरी कार्यालय रानी प्रमुख सहभागी भएका थिए भने सो कार्यक्रमलाई स्वागत गर्दै भारत बाट अररिया जिल्ला प्रमुख डिएम इनायत खान, एसएसबी ५६ वाहिनीका सेना नायक सुरेन्द्र विक्रम, अररिया एसएसबी कमान्डेन्ट ब्रजेश कुमार, एडीएम राजमोहन झा, अररिया डीएफओ नरेश प्रसाद, अररिया सिभिल सर्जन, विधान चन्द्र सिंह, शैलेश चन्द्र दिवाकर एसडीएम अररिया, सुरेन्द्र कुमार अल्वेला एसडीएम फारविशगंज, देवेन्द्र प्रताप शाही ओएसडी अररिया, पुष्कर कुमार एसडीपीओ अररिया, शुभंक कुमार मिश्र एसडीपीओ फारविशगंज, अशोक कुमार दास कस्टम एसी जोगबानी, रत्नाकर यादव आईसीपी कुमार जोगबानी अधिकारी, जोगबानी अधिकारी, जोगबानी अधिकारी। आईसीपी अधिकृत जोगबनी, राघव मिश्र, र कार्यकारी इन्जिनियर आरसीडी अररियाको अरविन्द कुमार लगाएत पदाधिकारीहरु सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्