१४ बैशाख २०८१, शुक्रबार
Tags

बिराटनगर ६ मा झरना युवा समुहद्वारा नि:शुल्क खाजा बितरण गरिदै

Ranbhumi बुधबार, जेठ १९, २०७८

बिराटनगर / बिराटनगर – ६ स्थिति झरना चौकमा झरना युवा समुह द्वारा असहाय तथा निषेधाज्ञा प्रभावितहरुलाई चार दिन देखी नि:शुल्क खाजा बितरण कार्यक्रम गर्दै आईरहेको छ ।

झरना युवा समुहले थालेको उक्त कार्यक्रममा आज चौथो दिन १ सय ८५ जना सर्वसाधारणहरुलाई खाजा बितरण गरिएको आयोजक संतोष साहले बताएको छ । साह बिराटनगर -६ का वडा सदस्य तथा नेपाल वैश्य युवा संघ मोरङ महासचिव रहेका छन । त्यसैगरी युवा समाजसेवी शिवा सहनी , नेपाल वैश्य युवा संघ महानगर सदस्य अंगत ठाकुर , झरिलाल राजबंशी र ईरसाद अन्सारी लगायतको सक्रियतामा उक्त खाजा बितरण कार्यक्रम भैइरहेको हो । जस्मा बबि शाह, राकेश शर्मा , अनुपम देव र बब्लु सहनी सहयोगीको भुमीका निर्वाह गरिरहेका छन । त्यसैगरी सो कार्यक्रमको आज चौथो दिन नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेश कुमार शाह, श्री हलुवाई कल्याण सेवा समितिका अध्यक्ष ललन प्रसाद साह, युवा संघ का उपाध्यक्ष युगल खतिवडा , सदस्य जितन सहनी , फिरोज आलम , नथुनी कामत लगायतको उत्साह जनक उपस्थितिमा निशुल्क खाजा वितरण गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्