१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्ग ५ बाट प्रतिनिधिसभा सदस्यमा योगेन्द्र मण्डल निर्वाचित

रणभूमी डेस्क बिहिबार, मंसिर ०८, २०७९

विराटनगर / प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ५ मा स्वतन्त्रका उम्मेदवार योगेन्द्र मण्डल २१८२० मत ल्याई विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार शिवकुमार मण्डल (केवट)लाई ४३३४ मतान्तरले पराजित गरेका हुन् । पराजित शिवकुमार मण्डल (केवट)ले १७४८६ मत ल्याएका छन् ।

त्यसै गरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकुमार यादवले १७३९० मत प्राप्त गरी तेश्रो स्थानमा रहनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्