१३ मंसिर २०७९, मंगलबार
Tags

मोरङ्ग ५(ख) बाट प्रदेशसभा सदस्यमा अमृत अर्याल निर्वाचित

रणभूमी डेस्क बिहिबार, मंसिर ०८, २०७९

विराटनगर / प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ को मोरङ्ग जिल्ला निर्वाचन क्षेत्र नं ५(ख) बाट नेपाली कांग्रेसका प्रभावशाली तथा लोकप्रिय नेता अमृत अर्याल निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ५(ख) मा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल १६१०२ मत ल्याई विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जयराम यादवलाई ५२७७ मतान्तरले पराजित गरेका हुन् । पराजित जयराम यादवले १०८२५ मत ल्याएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्