२६ बैशाख २०८१, बुधबार
Tags

माधवराज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक

रणभूमी डेस्क सोमबार, मंसिर १२, २०७९

काठमाडौं । चर्चित नेपाली चलचित्र निर्देशक माधवराज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ।

एस के डिजिटल युटुव च्यानलबाट खरेल निर्देशित हिन्दी गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय रहेको छ।

नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको उक्त गीतमा लोकप्रिय गायक रुपक डोटेलको स्वर, राजेन्द्र बजागाईको संगीत र एरेन्ज तथा मनोज परियारको मिक्सिङ रहेको छ ।

झण्डै आधा दर्जन चलचित्र तथा दर्जनौ म्युजिक भिडियोहरुको निर्देशन गरिसकेका निर्देशक खरेलले पछिल्लो युवा पुस्ताले माया प्रेमलाई धन,सम्पति संग तुलना गर्नेुका साथै मिलन र विछोडको कथालाइ दृश्य मार्फत देखाउन खोजेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्