०६ चैत्र २०८०, मंगलबार
Tags

लैंगिक विभेद गर्भबाट नै सुरु हुन्छ

उषा सरदार बिहिबार, मंसिर १५, २०७९

विराटनगर / लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत दिन प्रतिदिन बढदै गईरहेको महिला हिंसालाई न्यूनीकरण गर्न सबैले भुमिका खेल्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज एक दिने महिला हिंसा विरुद्ध सचेतना कार्यक्रमका वक्ताहरुले येस्तो बताउनु भएको हो ।

आज बिराटनगरमा अम्बे मुरारी सेवा केन्द्र बिराटनगर ८ मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनि बिराटनगरको संयुक्त आयोजनामा बिराटनगर ८ का महिलाहरुलाई महिला हिंसा विरुद्ध हुने हिंसा बारे सचेत गराएको हो। कार्यक्रमको प्रमुख अतिथी ए बि सि नेपाल प्रदेश १ को अध्यक्ष बिष्णु शर्मा पन्तले लैंगिक विभेद गर्भबाट नै सुरु हुने गरेको बताउनु भयो। उहाले लैंगिक हिंसामा अधिकांश महिला र छोरिहरु पर्ने गरेकोले येस्तो घटना हुन नदिन आफै सचेत हुनु पर्ने बताउनु भयो।

त्यसैगरी सामुदायिक प्रहरीको अजित राईले कार्यक्रमलाई सहजीकरण गर्नु हुँदै उहाले लैंगिक हिंसा भनेको के हो, हिंसा कसरी हुन्छ, लैंगिक हिंसा हुने कारण र लैंगिक हिंसा सम्बन्धि कानुनी ब्यवस्था बिषयमा सहजीकरण गराउनु भएको थियो। कार्यक्रममा अम्बे मुरारी सेवा केन्द्रकि संथापक अध्यक्ष भारती उपाध्याय, माईती नेपालको बिनोद पोखरेल, ईन्सेक संजालको सोमराज थापा, मानव अधिकार संजालको डिल घिमिरेको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनिको अध्यक्ष मिना जोशिले गर्नु भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्