०८ बैशाख २०८१, शनिबार
Tags

जनता नमुना मा.वि. शंकरपुरमा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम हुने

रणभूमी डेस्क सोमबार, मंसिर १९, २०७९

विराटनगर / २०६० सालमा स्थापना भएको पूर्व विद्यार्थी संघले ७० वर्षको इतिहास रहेको श्री जनता नमुना मा.वि.मा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम गर्ने भएको छ ।

श्री जनता नमुना मा.वि., शंकरपुर विराटनगर-२ को स्थापना वि.सं. २००९ सालमा सरस्वती पूजाको दिन भएको हो । ७० वर्षको इतिहास रहेको यस विद्यालयमा अध्ययन गरी आफ्नो जीवनलाई सफल एवम् समृद्ध बनाउन अवसर प्राप्त सम्पूर्ण पूर्व विद्यार्थीहरूको पुनर्मिलन हुने र आफूले अध्ययन गरेको विद्यालयको प्रगति एवम् उन्नतीमा सहभागी हुने उद्देश्य राखि वि.सं. २०६० सालमा जनता मा.वि. पूर्व विद्यार्थी संघको स्थापना गरिएको पूर्व विद्यार्थी संघले पत्रकार सम्मेलन गरी बताएका छन् ।

हालसम्म पूर्व विद्यार्थी संघले गरेका कार्यहरूमा स्वर्ण महोत्सव समारोह, स्वर्ण महोत्सव स्तम्भ निर्माण, पुस्तकालय भवनको निर्माण गरी विभिन्न पुस्तकहरू सहित सो पुस्तकालय २०६३ सालमा विद्यालयलाई हस्तान्तरण, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, कम्प्युटर ल्यावकों स्थापना, भूतपूर्व प्रधानाध्यापक स्व कृष्ण प्रसाद भगतको शालिक निर्माण र स्थापना आदि कार्यहरु गरिसकेका छन्।

त्यसै गरी २०७९ सालको सरस्वती पूजा भव्यताको साथ मनाउने र विद्यालय प्राङ्गण भित्र श्री सरस्वती माताको मूर्ति स्थापना गरिने, विद्यालयको ७० वर्षे इतिहास शिक्षकहरूको जीवनी, उत्कृष्ठ विद्यार्थीहरूको परिचय एवम् अन्य तथ्य झल्किने गरी स्मारिका प्रकाशन, विद्यालय भित्र रहेको पुस्तकालयमा प्रेरणास्पद एवं शैक्षिक किताबहरू संग्रहित गर्दै ई-लाइब्रेरी बनाउने , शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सर्वपक्षिय जागरुकता र रचनात्मक उत्कृष्ठ तालिम, सेमिनार गराउने । शिक्षक, अभिभावक, पूर्व-विद्यार्थी, वर्तमान विद्यार्थी तथा आम जनताको लागि सूचना प्रविधिको पठनपाठन गर्ने गराउने । पूर्व विद्यार्थी संघलाई अझ बढी प्रभावकारी र रचनात्मक बनाउदै लाने संघको भवि कार्य योजनाहरू रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित