०६ चैत्र २०८०, मंगलबार
Tags

दशगजा क्षेत्रलाई मदिरा निषेधित बनाउन स्थानिय द्वारा वडा कार्यालयमा बुझाइयो ज्ञापन-पत्र

रणभूमी डेस्क मंगलबार, मंसिर २०, २०७९

विराटनगर / विराटनगर -१७ माटियरुवा स्थित दशगजा क्षेत्रमा मदिरा निषेध क्षेत्र घोषणा गर्न स्थानीयहरूले वडा समितिको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

अधिकांस भारतीय ग्राहक भएपनि नेपाल भारत सीमा नजीकै हुनेगरेको मदिरा व्यसायले आपराधिक गतिविधि निम्त्याउन सक्ने जोखिम उच्च रहेको र समाजमा पनि नकारात्मक असर पर्ने हुनाले यहाँका बासिन्दाहरू उक्त ठाउँ बाट मदिरा बेचबिखन निषेधित गर्न भन्दै वडा सदस्य चुलिया देवी साहको अगुवाईमा वडा समितिको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो।

हाल उक्त ठाउँमा तीनवटा मदिरा व्यवसाय हुने होटलहरु सञ्चालनमा रहेका छन् भने एउटा होटल निर्माणको क्रममा रहेको छ ।

उक्त ठाउँमा कमल साह, निरज साह र भिमा बैठाको मदिरा विक्रि गर्ने होटल रहेको छ। जसमा कमल साह र निरज साह आफ्नै निजी घरमा होटल व्यवसाय सञ्चालन गरिरहेका छन् भने भिमा बैठाले भाडामा घर लिएर होटल सञ्चालन गरेका छन् । सोही ठाउँमा विपिन होटल नाममा विपिन बैठाले होटल सञ्चालन गर्न ४ लाख रुपैयाँ लगानी समेत गरिसकेको छ ।

होटल सञ्चालन गर्न भनी घर भाडामा लिएर ४ लाख रुपैयाँ लगानी समेत गरिसकेका विपिन बैठाले पनि स्थानीयले सीमा दशगजा क्षेत्रमा मदिरा निषेधित क्षेत्र बनाउने कुरामा आफ्नो सहमति भएको र सही कुराको समर्थन गर्नु पर्छ भनी विपिन बैठा भन्छन् ।

नेपाल भारत सीमा दशगजा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउने कुरा स्वागत योग्य भएको भन्दै उक्त ठाउँमा दशगजा भन्दा केही पूर्व रहेको अस्थाई प्रहरी पोस्ट माटीयरुवा देखि पूर्व को स्थानमा पसल व्यवसाय गर्न पाउने शर्तमा दशगजा नजिकैको क्षेत्रमा भएको होटल व्यवसाय अन्त सार्न लगाई मदिरा निषेधित क्षेत्र घषणा गर्ने प्रतिबद्धता विराटनगर महानगर पालीकाको १७ नं वडा का वडा अध्यक्ष समिम कमरले गरेका छन् ।

वडा अध्यक्ष कमरका अनुसार स्थानीयको माग सकारात्मक भएको र सो मागलाई सम्बोधन गर्न वडा समितिमा बैठक बसी उक्त क्षेत्रमा भएको मदिरा पसललाई अन्त सार्न र उक्त ठाउँलाई चाडो भन्दा चाडो मदिरा निषेधित क्षेत्र घोषणा गर्न कार्वाही प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्