०६ चैत्र २०८०, मंगलबार
Tags

मृगौला पीडित शेखद्वारा आर्थिक सहयोगको अपिल

रणभूमी डेस्क मंगलबार, मंसिर २०, २०७९

विराटनगर / विराटनगर -१ पोखरीया बस्ने एकजना मृगौला पिडितले उपचारको लागि सहयोगको याचना गरेको छ ।

सहयोगी हाथहरुको खोजी गर्दै नेपाल पत्रकार महासंघ मोरङ्ग आईपुगेका काठको काम गर्दै जीविका चलाईरहेको पोखरीया बस्ने ४८ वर्षिय हसिम सेखको दुईवटै मृगौला निष्क्रिय भएको छ र आफ्नो उपचारको लागि सहयोगको याचना गरेको हो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएको शेखलाई अहिले सम्म उनको उपचारको लागि आफन्त तथा चिनजान को मानिसहरूले सहयोग गर्दै आईरहेको थियो । तर उनको उपचारको लागि थप चार देखि ५ लाख रुपैयाँ खर्च हुने हुनाले कोही सहियोगी हाथाहरु भए उनको पत्नी ओसिला खातुनको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं ००८०५०८०२८८३७८ रकम जम्मा गरेर सहयोग गरिदिनुहुन अपील गरेका छन् ।

शेखलाई ९८०४३३२४३० नं मा सम्पर्क गरेर पनि प्रत्यक्ष सहयोग गर्न सकिन्छ ।

शेखले अहिले आफ्नो उपचार भारतको चण्डीगढ मा एक अस्पतालमा आयुर्वेदिक पद्धति बाट गराईरहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्