०६ चैत्र २०८०, मंगलबार
Tags

जोगवनी बाट १९० ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ

राजेश कुमार शर्मा बुधबार, मंसिर २१, २०७९

जोगवनी / जोगवनी पुलिस थाना बाट फारबिसगंज डीएसपीको नेतृत्वमा खटेको पुलिस टोलीले जोगवनी कस्टम र हटिया नजिक रहेको एलआईसी रोड बाट चारजना मानिसहरुलाई १९० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेकाे छ ।

मंगलवार साँझ पक्राउ परेको उनीहरू जोगवनी को एक जना र अररिया घर भएको ३ जना मानिसहरू रहेका छन् ।

जसमा जोगवनी ११ नं वडामा बस्ने विजय मण्डल र अररिया घर हुनेहरुमा क्रमशः रवी मल्लिक , नीरज मल्लिक र दीपू मल्लिक रहेका छन् । उनीहरूको साथ बाट १९० ग्राम ब्राउन सुगर सहित रु ११ साय भारतीय रुपैयाँ र ३ हजार नेपाली रुपैयाँ समेत बरामद भएको जोगवनी पुलिसले बताए । पुलिसका अनुसार चारै जना मानिसहरू पुलिसको टोलीलाई देखेर भाग्न खोजेपछि शंका लागि चेक जाँच गर्दा उक्त परिमाणको लागुऔषध ब्राउन सुगर फेला परेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्