१४ बैशाख २०८१, शुक्रबार
Tags

संसद् सचिवालयसँग विनय यादवले मागे ५ बर्षको खर्च विवरणको सूचना

दिपेन्द्र श्री यादव शुक्रबार, मंसिर २३, २०७९

काठमाडाैं / पाँच बर्षमा संसदले गरेको कामकाज र त्यसवापत संसद सचिवालय ले गरेको खर्च को हिसाब किताब हुने देखिएको छ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग उक्त विषयको सूचना माग गर्नु भएकाे छ ।अध्यक्ष यादवले सूचनाको हक सम्बन्धी ऐन २०६४ बमाेजिम संसद् सचिवालयसँग सूचना माग गर्नु भएकाे हाे ।

उहाँले लिखित निवेदन दर्ता गर्दै पछिल्लाे संसद्काे पाँच वर्षे २०७४ देखि २०७९ सम्मकाे कार्यकालमा सांसदहरुमा तलब एवं अन्य सुविधामा खर्च भएकाे कुल रकमकाे प्रमाणित प्रतिलिपी माग गर्नु भएकाे छ ।

त्यस्तै उहाँले संसद्काे पछिल्लाे पाँच वर्षमा सांसदहरुले लिएकाे भत्ता, संसदीय काेषमार्फत खर्च भएकाे रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयाेग गरेकाे सांसदहरुकाे सूची समेत माग गरेका छन् ।

हामीले छानेर पठाएको प्रतिनिधिहरुले कथित रुपमा पाँच वर्षमा गरेको काम र त्यस वापत उनले सकेका राष्ट्रका ढुकुटी को हिसाब त हुनै पर्छ । तर
यसरी कसैले संसद सचिवालयमा पुगेर माग गर्दा मात्रै उपलब्ध गराउनु भन्दा पनि आजको डिजिटल युगमा अनलाईन माध्यम बाटै यसको जानकारी हरेक नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने जिम्मेवारी अब संसद सचिवालयले लिनु वेश हुने थियो ।

यहाँ कमेन्ट गर्नुहोस्