०८ बैशाख २०८१, शनिबार
Tags

तस्करको धम्कीका कारण भन्सार कर्मचारीहरु असुरक्षित

रणभूमी डेस्क शनिबार, मंसिर २४, २०७९

विराटनगर / विराटनगर भन्सार कार्यालय रानीको कर्मचारीहरु तस्करबाट असुरक्षित भएको भनी कार्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाले जारी गरेकाे प्रेस विज्ञप्तिमा मंसिर २३ गते शुक्रवार रातको अन्दाजी साढे १० बजेको विराटनगर भन्सार कार्यालयको कार्यक्षेत्र अन्तर्गत ३ नं. गेट नजिकबाट तस्करले सामान लोड गरी चोरी पैठारी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा भन्सार कार्यालयका कर्मचारीहरु सो ठाउँमा गई मालवस्तु र ढुवानी साधन नियन्त्रणमा लिने क्रममा हुलहुज्जत भएको र तस्करले कर्मचारीहरुलाई ढुङ्गा मुढा प्रहार गर्दै धाक धम्की दिँदै सामानहरू लिएर उम्किन सफल भएको उल्लेख गरिएको छ ।

भन्सार कर्मचारीहरुको आवास भवन र सेवा प्रवाह गरिने कार्यालय एकिकृत जाँच चौकी (आईसीपी) ६ कि.मि.को दूरीमा रहेको र आफ्नो काम सकेर कर्मचारीहरु सधै रातीको ८ बजेको समयमा निवासमा फर्कनु पर्ने हुँदा तस्करबाट आएको धम्की तथा सुरक्षा निकायबाट भएको असहयोगका कारण कर्मचारीको ज्यान जोखिममा रहेको भनी भन्सार विभाग तथा अर्थ मन्त्रालयलाई सम्बोधन गर्दै कार्यालयलाई आवश्यक शान्ति सुरक्षाको व्यवस्था तथा चोरी पैठारी नियन्त्रणमा सुरक्षा निकायको पर्याप्त सहयोगको व्यवस्थापन गर्न भनी अनुरोध समेत गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्