१३ बैशाख २०८१, बिहिबार
Tags

समानुपातिक भनेको पिछडिएका वर्गकोलागी हो कसैको श्रीमतीको लागि हैन-विरेन्द्र साह

रणभूमी डेस्क शनिबार, मंसिर २४, २०७९

विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको श्रीमती आरजु राणा र गृहमन्त्री बालकृष्ण खांका श्रीमती मन्जु खांलाई समानुपातिक कोटाबाट सांसद बनाएकोमा सुनबर्शी नगरपालिका बाट नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य विरेन्द्र साहले बिरोध गरेको छ ।

समानुपातिक भनेको पिछडिएका वर्गकोलागी बनाईएको हो । जो सत्ता र शक्तिको पहुंचभन्दा टाढा छ त्यस्तो मानिसहरूको लागि बनाईएको समानुपातिक निर्वाचन प्रणाली पार्टीको शीर्ष नेताहरुको श्रीमतीकोलागी नभएको साहले बताए ।

साहका अनुसार पार्टिकोलागी दिनरात मिहनेत गर्ने ,संगठन बिस्तार गर्ने ईमान्दार कार्यकर्ताहरुलाई बाईपास गरेर अवसर नदिनु चरम शोषण हो । त्यसैले त्यसको बिरोध गर्दछु ।

यहाँ कमेन्ट गर्नुहोस्