१६ चैत्र २०८०, शुक्रबार
Tags

औषधी, लागूऔषध र अवैध सामान रानी प्रहरी द्धारा पक्राउ

रणभूमी डेस्क आइतबार, मंसिर २५, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा नेपाल ल्याउँदै गरेकाे औषधि, लागूऔषध र भन्सार क्षली नेपाल ल्याएको सामान ईलाका प्रहरी कार्यालय रानी र ईलाका प्रहरी कार्यालय रानी सीमाले पक्राउ गरी अनुसन्धान थालेको छ ।

शनिवार राती पौने ११ बजेको समयमा भारत बाट विराटनगर १६ स्थित दक्षिण गेट छेउ डम्पिङ साइटको बाटो भएर अंध्यारो को मौका छोपी अवैध ओसार पोसारमा संलग्न व्यक्तिले नेपाल ल्याउँदै गरेकाे औषधि ईलाका प्रहरी कार्यालय रानी सिमा बाट खटेको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेको हो । प्रहरीले पक्राउ गरेकाे मोरेप्लेक्स नाम गरेको औषधि ९६ थानको मूल्य रु. ४५ हजार ६ साय रुपैयाँ बराबरको रहेको थियो । राती खुला सीमा भएको कारण औषधि तस्कर टाउकोमा बोकी ल्याउँदै गरेकाे औषधि प्रहरीलाई देखेर दक्षिण गेटमै छोडेर भारत तर्फ भाग्न सफल भएको थियो । जसको खोजी तलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

त्यसैगरी शनिवार विराटनगर -१५ स्थित विराटनगर भन्सार कार्यालयको मुख्य नाका बाट झापा कमल गाउँ पालिका वडा नं- १ बस्ने वर्ष १९ को सरोज ऋषिदेवको साथ बाट शरीरमा सेट गरी नेपाल ल्याउँदै गरेकाे १६० थान प्रतिबंधित लागुऔषध टिटी लागुऔषध नियन्त्रण ब्युरो बाट खटेको प्रहरी टोलीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीबाट कारवाही प्रक्रिया अगाडि बढाएको छ । ऋषिदेवको साथ बाट शरीरमा टेपले बाधेको अवस्थामा लुपिजेसिक इंजेक्शन ४० थान, फेनरगन् इंजेक्शन ४० थान, एभिल इंजेक्शन ४० थान र डाईजिपाम इंजेक्शन ४० थान रहेको थियो ।

साथै ईलाका प्रहरी कार्यालय रानी बाट खटेको टोलीले भन्सार मूल्य ३३ हजार बढी मूल्य भएको ३६२ किलो ग्राम चिनी र १२० किलो हरियो मटर अवैध रुपमा भन्सार क्षली नेपाल ल्याउँदै गरेकाे अवस्थामा विराटनगर १५ स्थित मलाया रोडमा हनुमान मन्दिर नजिक बाट पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्