१५ बैशाख २०८१, शनिबार
Tags

जोगबनी नजिक विराटनगरको रानीमा हाजि आखाँ अस्पताल उद्घाटन

रणभूमी डेस्क मंगलबार, मंसिर २७, २०७९

विराटनगर / विराटनगर महानगर पालिका १४ मा जोगबनी बजार भन्दा १ किलोमीटर नजिक हाजी आखाँ अस्पताल सञ्चालनमा आएको छ।

नै कठ्ठा जग्गामा आफ्नै भवनमा निर्माण भएको हाजी आखाँ अस्पतालको प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सोमवार उद्घाटन गर्नुभएको हो । अस्पताल उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश नं १ का स्वास्थ मन्त्री जयराम यादव, नव निर्वाचित प्रदेश सभा सदस्य गयानन्द मण्डल, नेपाल पत्रकार महासंघ मोरङ्ग जिल्ला अध्यक्ष संजीव खनाल र उद्योग परिसंघ मोरङ्ग प्रदेश नं १ का अध्यक्ष भिमा घिमिरे लगाएतका विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नै जना संस्थापक सञ्चालक रहेको उक्त आखाँ अस्पतालमा अस्पतालको सेवा सुलभ र स्तरीय बनाउन ईटालियन प्रविधि फेको बाट अत्याधुनिक उपकरणहरू जडान गरीएको अस्पतालका सञ्चाल शैलेन्द्र महतोले बताए।

नै कठ्ठा क्षेत्रफल जग्गा भएको आखाँ अस्पतालमा थप ४ कठ्ठा क्षेत्रफलमा अस्पतालकै लागि भवन निर्माण भइरहेको अस्पतालका संस्थापक सञ्चालक तेजलाल कर्णले बताए । कर्णका अनुसार १० करोड रुपैयाँ लागत रहेको अस्पतालमा दुई जना नेत्र विशेषज्ञ सहित ५० जना चिकित्सकहरु सेवारत रहनुभएको छ । आँखाको उपचार गर्दा ६ घण्टा देखि १ दिन सम्ममा धेरै बिरामीहरू डिस्चार्ज हुने हुनाले अहिले अस्पतालमा ५० शैया स्थापना गरिएको छ भने थप मांग र आवश्यक्ता अनुसारको उपचार पद्धति र सेवाहरु पनि थप गर्दै जाने बताउनुभयो ।

मुस्लिम समुदायका बिरामीहरुका लागि नवाज पढ्ने ठाउँ र हिन्दू धर्मका बिरामीहरुका लागि मन्दिर समेत रहेको अस्पतालमा सेवा र उपचारले आफ्नै विशेष पहिचान बनाउने अस्पतालका संचालकहरुको विश्वास रहेको छ ।

अस्पतालले मंसिर २९ गते सम्म ओपिडी सेवा नि:शुल्क र ल्याब सेवामा विशेष छुटको व्यवस्था गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्