१३ बैशाख २०८१, बिहिबार
Tags

विराट एक्स्पो मेलाको अवधि थप, पौष १० गते सम्म मेला अवलोकन गर्न सकिने, ठाउँ-ठाउँमा नि:शुल्क बस

सन्ध्या लाभ बुधबार, पुष ०६, २०७९

विराटनगर / विराटनगर -१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । पौष २ गते देखि ६ गतेसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर पौष १० गते सम्म गरिएको छ ।

एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पुर्याईएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुरेश प्याकुरेलले मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएको जानकारी दिए ।

यस अघि मंसिर २९ गते देखि पुस ६ गते सम्म एक्स्पो आयोजना हुने जनाइएको थियो । एक्स्पोमा दैनिक जसो अवलोकन गर्नेहरूको संख्या बढ्दै गएको छ । एक्स्पोका सहभागी कम्पनीहरूले आफ्ना उत्पादनमा छुटको व्यवस्था गरेका छन् । छुट तथा विभिन्न आकर्षक अफरहरूका कारण एक्स्पो भ्रमणका लागि आउने आगन्तुक तथा उपभोक्ताहरू प्रदर्शनीमा राखिएका उत्पादनहरू खरिद गर्न उत्साहित देखिएका छन् ।

त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको विराट एक्सपोमा बुधबार विराट एक्स्पो सिगिङ आइडल प्रतियोगिताको फाइनलका साथै र्यापर डंग र गायीका इन्दिरा जोशीको प्रस्तुति रहेको छ । साँझमा हुने साँगीतिक कार्यक्रममा युवायुवतीको बाक्लो उपस्थिति हुने गरेको छ ।

दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्