१३ बैशाख २०८१, बिहिबार
Tags

उद्योगी व्यवसायीहरुको आन्दोलन सोमवार देखि थप सशक्त हुने

रणभूमी डेस्क शनिबार, पुष ०९, २०७९

विराटनगर / बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्नामा बसेका उद्योगी व्यवयासीहरूले सोमवार देखि धर्ना कार्यक्रमलाई थप शसक्त बनाउँदै बैंकमा कुनै पनि कर्मचारी प्रवेश हुन नपाउने काम कारोवार ठप्प हुनेगरी आन्दोलनको घोषणा गरेको छ ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एक्यबद्धतामा विहीवार देखि माग पूरा नहुन्जेल सम्मको लागि राष्ट्र बैंकको कार्यालयमा धर्ना दिएका हुन् ।

राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्म जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । उनीहरूले विहान १० बजेदेखि कार्यालय समय सम्म राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएर बसेका हुन् । उद्योगी व्यवसायीहरूको माग पुरा नभए थप सशक्क्त आन्दोलन अगाडी बढाउने उनीहरूको भनाई छ ।

धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए । उनले अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने व्यवसायीहरु बताउँछन् ।

यहाँ कमेन्ट गर्नुहोस्