०७ बैशाख २०८१, शुक्रबार
Tags

कांग्रेस नेता फ़ैयाज द्वारा बिराटनगरको ८ क्लबहरुलाई राहत बितरण

Ranbhumi शुक्रबार, जेठ २८, २०७८

बिराटनगर / मोरङ्ग क्षेत्र नम्बर ५ को उप सभापति मो. फ़ैयाजले बिराटनगर महानगर पालिकाको १५, १६ र १७ नम्बर वडामा रहेको ८ वटा कल्बहरुलाई हजार केजी चामल लगयत अन्य खाध्य सामग्री बितरण गरेको छ ।

बिराटनगर १७ मा रहेका कल्बहरु वर्न टू हेल्प सोसाईटी, सुनौलो अवशर युवा क्लब, युथ हेल्पिङ्ग सोसाईटी अफ़ नेपाल, करिम फ़ाउन्डेसन, युथ युनिटी अफ़ नेपाल तथा बिराटनगर १६ को रानी युवा क्लब र तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुह तथा बिराटनगर १५ मा रहेको लाली गुरास स्पोटिङ्ग कल्ब गरि आठ वटा क्लबहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको हो ।फ़ैयाज द्वारा बितरण गरिएको सामग्रीहरुमा ४० वटा बोरामा गरेर १ हजार किलो चामल, ६ बोरा ७५ किलो दाल, तिन बोरा १ सय ५० किलो नुन र १२ बोरा भुजा सोही ठाउको प्रतिनिधिको रोहवरमा बितरण गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्