२६ बैशाख २०८१, बुधबार
Tags

राजु चौधरीको ‘घोघे तर सँ मारैछियै चौअनिया मुस्कान’ शिर्षकको यो गीत सार्वजनिक

रणभूमी डेस्क शुक्रबार, पुष १५, २०७९

विराटनगर / मैथिली भेषभुषा कला र संस्कृति झल्काउने उद्धेश्यसहित निर्माण गरिएको “चौवनिया मुस्कान” शिर्षकको मैथिली गीत युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

छिन्नमस्ता फिल्म्सको ब्यानरमा निर्माण भएको यो गीत सोहि फिल्म्सको यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । देवर भाउजु बीचको परम्परागत हसी मजाक, छेडखानी सम्बन्धलाई चित्रणगरि यो गीत निर्माण गरिएको छ ।

सरोज मण्डलले लेख्नुभएको ‘घोघे तर सँ मारैछियै चौअनिया मुस्कान’ शिर्षकको यो गीतमा संगितकार शैलेन्द्र कुमार विश्वकर्मा रहेका छन् भने रेकर्डिङ एस.एल.मैथिल गरिएको छ ।

त्यसैगरी गीतमा नृत्य निर्देशक संजय साह, श्रृंगार कृष्ण सुवेदी र छायांकन जोसन थापाको रहेको छ । गीतमा सानु माया यादव र राजु पण्डितले स्वर दिएका छन् ।

यो गीतको निर्देशन राजु राजदेव चौधरीले गर्नुभएको छ भने गीतमा निरज चौधरी,माही तनवीर खान र राजदेव चौधरीको अभिनय रहेको छ ।

देवर र भाउजु बिचको परम्परागत छेडखानी युक्त सम्बन्ध झल्काउन यो सांगितिक भिडियो निर्माण गरिएको निर्देशक चौधरीले बताउनुभयो ।

पछिल्लो समय गीत संगीतको नाममा अश्लिलता पस्कने परिपाटिलाई तोड्दै विशुद्ध पारिवारिक सम्बन्ध पस्कने हिसाबले गीत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

गीत हेर्न यो लिंकमा क्लिक गर्नुहोस्।

यहाँ कमेन्ट गर्नुहोस्