०८ बैशाख २०८१, शनिबार
Tags

मोटरसइकल सहित मरेको माछा पक्राउ, माछा गरियो नष्ट, मोटरसाइकल भन्सार दाखिला हुने

रणभूमी डेस्क शनिबार, पुष २३, २०७९

विराटनगर / भारत बाट अवैध रुपमा जंगलको बाटो भएर नेपाल ल्याउँदै गरेकाे लगभग १५० किलो माछा ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई नष्ट गरेका छन् ।

भारतबाट मोरङ्ग सुनसरीको सिमाना केसलिय खोला नजिकको उखुबारीको बाटो भएर को १५ प ९६८४ नं को पल्सर मोटरसाईकल दुई वटा कार्टुनमा हाली ल्याएको ३० हजार रुपैयाँ बराबरको मरेको माछा ईलाका प्रहरी कार्यालय रानीबाट गस्तीमा खटेको प्रसनी ईन्द्रदेव यादव र सहायक हवल्दार राजा साहले नियन्त्रणमा लिएको थियो ।

जंगलको अफ्ट्यारो बाटो भएर तस्करीजन्य गतिविधि भईरहेको शंका लागि प्रहरीहरुले निगरानी गर्ने क्रममा उक्त मोटरसाईकल सहित माछा पक्राउ गरेको हो । दुई जना प्रहरीलाई देखेर माछा ल्याउने व्यक्ति माछा र मोटरसाईकल छोडी भाग्न सफल भएको थियो ।

पक्राउ परेका माछा पशु क्वारेन्टाइन कार्यालय प्रमुख अरविन्द कुमार राजधोवीको निर्देशनमा औषधि हाली खाल्डोमा पुरेर नष्ट गरेका छन् । त्यसै गरी नियन्त्रणमा लिएको मोटरसाईकल विराटनगर भन्सार कार्यालय रानीलाई बुझाउने ईप्रकाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्