०८ बैशाख २०८१, शनिबार
Tags

हुसैन शेखको म्युजिक भिडियो ‘शिला मुन्नी फेल होगइल’ युट्युब मार्फत सार्वजनिक

रणभूमी डेस्क आइतबार, माघ ०१, २०७९

विराटनगर / गायिका शिल्पीराजको आवाजमा सजिएको ‘शिला मुन्नी फेल होगइल’ बोलको भोजपुरी गित शनिवार यू-ट्युब मार्फत सार्वजनिक भएको छ।

भारतमूल कि सुपरस्टार गायिका शिल्पीराज अहिले भोजपुरी इन्दस्ट्रॆमा आफ्नो सुमधुर आवाजका कारणले चर्चामा छिन। उनको सार्वजनिक भएको हरेक गीतले म्युजिक क्षेत्रमा नया आयाम थप्नुको संगै जनतालाई आफ्नो मनमोहक आवाजले आकर्षित गर्दै आएकी छिन् ।

शिल्पीले गाएको गित ‘शिला मुन्नी फेल होगइल’ मा संचारकर्मी हुसैन सेख र माहि खानले अभिनय गरेका छन् । सेख र माहिको अभिनयले गर्दा यो गित झनै मनमोहक बनेको छ, तसर्थ सेखको यो पहिलो गित मात्र हैन, यस अघि पनि सेखले आफै निर्देशन र अभिनय गरेका थुप्रै भिडियो यू-ट्युबमा आइसकेका छन्।

आइटम गित भएपनि गीतलाई एउटा फरक चित्रण संगै सब्दहरुको मायाजालले दर्शकलाइ लोभ्याउने प्रयास गरेको उक्त गीतका लेखक समिर खानले बताए। १ हफ्ता को निरन्तर श्रम र प्रयास सहित तयार पारिएको यो गित सार्वजनिक लगत्तै दर्शकको मन मनमा बस्न, रुचाउँन सफल भैरहेको देख्न सकिन्छ।

सामाजिक संजाल मार्फत बिहिबार नै सार्वजनिक गर्ने भनिएको यो गीतमा अझ निखार गर्नको लागि ढिलो गरिएको गीतका निर्देशक तथा नृत्य निर्देशक संजय साहले बताएका छन् उक्त गीतमा डान्सर निर्मल, परशुराम मुखिया, एम डि आलम, धिरज पासवान, ओमप्रकाश कामत, सिमान खवाश, बिशाल खवाश लागायतका डान्सरहरुको बेजोड प्रस्तुति रहेको छ।

एस के डिजिटल नेपाल नामक यू-ट्युब मार्फत सार्वजनिक भएको गित बिराटनगर अवस्थित रहेको सिटि पार्टी प्यालेस बिराटनगरमा छायांकान गरिएको छ, गीतको छायांकन भने धिरेन साहले गरेका हुन् र गीतमा रंग भर्ने कार्य पवनकुमार सहनी सहित हुसैन सेख आफैले सो गीतको सम्पादन गरेका हुन्।

शेखले भने ‘यो मेरो पहिलो भोजपुरी गित हो मैले आफ्नो अरु गीतहरुमा भन्दा बढी यस गीतको लागि मिहिनेत गरेको छु । बिगत २ महिना देखि यो गीतको लागि तयारि गरि छायांकनको लागि तयार भएको हो तसर्थ मेरो मिहिनत र कडा परिश्रम यो गीतमा दर्शकहरुले देख्न पाउने छन ।’

शेखले भने ‘साथै राति छायांकन गरिएको कारण खर्च पनि यो गितमा धेरै भएको र मलाइ यो गीतको अवसर दिनुभएका यस गीतका निर्माता एस के डिजिटल नेपाल र लेखक समिर खान लगायत गितका सम्पूर्ण सदस्यहरुलाई धेरै धेरै धन्यबाद संगै सुभकामना दिन चाहन्छु ,संगै सम्पूर्ण मेरा अग्रज तथा साथीहरु यो भिडियो देखेर माया ,सल्लाह सुझाब दिनहुन बिनम्र अनुरोध गर्न चाहन्छु किनकि तपाईहरुको सुझाबले प्रोत्साहन संगै आगामी गीतहरुमा त्रुटिहरु सुधार्न सजिलो हुनेछ।’

लेखक समिर खान आफ्नै लगानीमा भोजपुरी ,मैथिली ,नेपालि हिन्दि लगयात सय्यौ गित लेखि सार्वजनिक गरिसकेका छन् उनले मैथिली क्षेत्र मा बढी लगानी गरि मैथिली इण्डस्ट्रिलाइ अगाडी बढाउने ठुलो चाहना राखेका छन्।

 

यहाँ कमेन्ट गर्नुहोस्